Saturday, March 30, 2013

बिकृतीहरुको ब्यापार हैन रचनात्मक प्रतिस्पर्धाको आधार बनोस् निर्वाचन

अहिले हाम्रो देश नेपाल अत्यन्तै संकट ग्रस्त अबस्थामा गुज्री रहेको छ । सबैलाई थाहै छ राज्यका हरेक अंगहरु अस्तब्यस्त छन् कर्माचारीतन्त्र , सुरक्षा संयन्त्र मा अनाबस्यक लोकतान्त्रिकरणको नाममा राजनितीक भागबण्डा र राजनितीक चलखेल र त्यसै अनुरुपको संकृण राजनितीक नियत सवारको कारण करिब ध्वस्त जस्तै अबस्थामा छ , बिकास निर्माण , उत्पादन र बितरण का हरेक संयान्त्रहरु राजनितीक भ्रष्ट्रचारका कारण ठप्प जस्तै छन् महँगीले अनियन्त्रीत रुपमा बढी रहेकोछ शिक्षा र स्वास्थ्य जस्ता जनताका नैसर्गिक अधिकार का क्षेत्रमा अनियन्त्रीत ब्यापारी कारणले माफीयाकरणको अबस्था निर्धारण गरेको छ जुन सामाजिक अशान्ती को मुख्य मुद्दा हो किनकी यो स्पस्ट हुने खाने र हुँदा खानेहरुको शिक्षा र स्वास्थ्य जिबन दुई भागमा बिभाजीत भएको छ र हाम्रो जस्तो असमान शिक्षा समान प्रतिस्पर्धा जस्तो अत्याचारी अन्यायी ब्यबस्था भएको देशमा यस्तो बिसयलाई सम्बोधन समाधान गर्नु दिन दिन झन् झन् ठुलो चुनौती बन्दैछ ।

यता कुटनितीक मर्यादाका हिसाबले देश एक नव उपनिवेसीक अबस्थामा पुर्याईएको छ , देशको अर्थतन्त्र बिदेशमा युवाहरुले श्रम गरेर पठाएको रकमको रेमिटान्समा टिकेको छ त्यो बाहेक अर्को स्थायी आधार खडा गर्न सकिएको छैन ,दैनिक हजारौ युवा युवतीहरु बिदेशीनेहरुको लामबन्दी दिन दुगुना रात चौगुना बढी रहेछ , बर्षेनी सयौ युवा युवतीहरु सुन्दर सपनाको कल्पना गर्दा गर्दै बिदेशी भुमीमा अकालमै मृत्यु बरण गर्न बिबस छन् यसको पनि मुख्यकारण राजनितीक बिकृती र बिसंगती नै हो र त्यसको कारण सृजना भएको आम बेरोज़गारी , आम निरासा र बितृष्णा नै हो अर्थात सारमा सासक प्रसासकहरुको राजनितीक बेईमानी अस्थिरता ,र भ्रष्ट्राचार हो !
यी भए देशका सामु देखीएका याबत समस्याहरु जुन समस्याहरुको सफल ब्यबस्थापन गर्नु र देशलाई भौतिक बिकासको चरण अर्थात पूँजीवादी क्रान्तीको चरणमा राष्ट्रिय पुजीपती - आम जनता र सरकारको हातेमालो सहकार्यवाट देशमा तिब्र गीतमा भौतिक पुर्बाधारको बिकास आर्थिक आधारहरुको निर्माण गर्न पर्ने हुन्छ जसले देशलाई स्वाधिन र आत्मनिर्भर बनाउन सकोस् यो नै आम लक्ष्य , चाहाना र सपना हो भने यी लक्ष्य पुरा गर्न चाहिने भनेको त पहिले स्थायी सरकार सबैलाई सम्मान महसुस हुने सम्बिधान कानुन नै हो त्यो सबै प्राप्त गर्न चाहिने पहिलो सर्त भनेको राजनितीक सत्ता नै हो राजनितीक प्रणाली हो सबै कुरा अन्तीममा राजनितीले नै निर्धारण गर्ने हो हामी यही राजनितीक प्रणाली स्थापनाको चरणमा अहिले संक्रमणमा छौ यो संक्रमणवाट पार लगाउने चरणमा बिभिन्न राजनितीक सिदान्तहरु बिच बहस छलफल र बिबाद हुनु स्वभाविक हो तर त्यी बिबादहरु मतभेदहरु साना अस्तित्वमा भए पनि सम्मान गर्न नसक्ने र ठुलो शक्तीले सानो शक्तीलाई बल प्रयोगको मात्र बिधीवाट तह लगाउने , फरक बिचारलाई अपमानित गरेर पोलेर जाने कुरा गर्नु संक्रमणकालीन अबस्था ब्यबस्थापकीय जिम्बेवार र अधिकार सम्पन्न बताउनेहरु हकमा निन्दनिय कुरा हो पेलेर बैधानिक हिंसाक्मक बल प्रयोगले बिरोधीलाई क्षणीक खतम गर्न सकिएला हजारौलाई मारेर जेल कोचेर र बिरोधीलाई दोस दिएर मात्र त माथी उल्लेखित कैयौ समस्याहरुको समाधान गर्न र आम उत्साह जनक नयाँ मार्ग तय गर्न त सम्भव छैन त्यो गर्न नसकीए पछी त कुनै पनि गतीबिधको अर्थ रहदैन त्यसैले नेपालको राजनितीक निकास र शान्तीको लागी राजनितीक बहस र सहमतीको आबस्यक पर्छ जुन कुरा जिम्वेवार र अधिकार सम्पन्न पताउनेहरुले झुकेर सबैको अस्तित्व स्विकार गरेर सबैलाई बहसको टेबुलमा खडा गराएर न्युनतम सहमतीको बाताबरण आबस्यक पर्छ र त्यो न्युनतम बिधीमा सहमती भए पछी त्यही बिधी त अन्ततः जनमतकै आधारमा सरकार निर्वाचित गर्नु हो यसमा कसैको दुई मत छैन तर कसैलाई तिरस्कार अपमान र बल प्रयोग गरेर स्वघोषीतहरुले ज़बर्जस्त भागबण्डा गरेर हामीले निर्णय गरेका छौ तिमीले माने मान नमाने नमान भनेर अन्य राजनितीक शक्तीहरुलाई असंबैधानीक तरीकाले थोपर्नु लोकतान्त्रिक सिद्धान्त संग पक्कै मेल खाने कुरा हैन र पनि आफुलाई जबर्जस्त लोकतान्त्रीक बैधानिक सत्ताका सर्वेसर्वा र अन्य बिचार आस्थाहरु नगण्य र अबैध देख्ने सर्वसत्तावादी र अधिनायकवादीहरु दल चिन्तन र बिचार नै माथी उल्लेखित बिकृती बिसंगती र आम पिडाका जिम्वेवार मुख्य अभियुक्तहरु हुन् जनताको हकमा भन्नु पर्दा !

अहिले फेरी तिनै दल , अस्तित्व , नियत , स्वार्थ र शक्तीहरुले संक्रमणकालीन अन्तरीम संबिधानमा बलात् सर्बेसर्वा घोषित गर्दै संविधानका कैयौ बुँदाहरुमा राष्ट्रपतीको साहारामा कथित बाधा अड्काउ फुकाउको प्रयोग गर्न सहमती भन्ने सर्बभौम शब्दको अपब्याख्या गर्दै बहुदलीय ( ४ मात्र हैन ) ब्यबस्थामा चारले मात्र भागबण्डा गरेर एक निर्दलीय चुनावी सरकारको निर्माण गरिएको छ फेरी संबिधान सभा निर्वाचन गर्ने घोषणा गरीएको छ निर्वाचन गर्ने कुरा जनमत लिने जनताको धारणा बुझ्ने जनतालाई निर्णय गर्न दिने भन्ने कुरा आफैमा नराम्रो कुरा हुदै हैन जनमत र जननिर्वाचीत सरकारद्वारा सासन नै लोकतन्त्रको सौन्दर्य हो तर हाम्रो परिस्थीती सरकार निर्माणको मात्र कुरामा अड्किएको छैन मुख्य कुरा त सर्वमान्य संबिधान निर्माण को कुरा हो मुख्य कुरा त राज्यको पुन:संरचना गर्ने कुरा हो जुन कुरा बिगतको संबिधान सभाको को २ बर्ष अवधीलाई ४ बर्ष सम्म तान्दा पनि निर्णय हुन नसकेको कुरा हो र त्यो बिबादलाई आगामी निर्वाचनले समाधान गर्ने ग्यारेण्टी नगरी गरीने चुनावले कसैलाई सत्ता प्राप्त त होला तर माथी उल्लेखीत समस्याहरु समाधान गरेर नयाँ उर्जा देश र जनतालाई दिन सक्छ की सक्दैन ? सक्छ भने कसरी ? स्पस्ट नपारी मतको लागी मतदान औपचारिकता मात्र मतदान हुने भयो भने के अर्थ राख्ला ? त्यसैले अब हुने निर्वाचन बिगतमा जस्तै लुटको राज्य निबिकरण गर्ने बिकृती र बिसंगतीमा जनतालाई मुर्दा साक्षी बनाउने जाली तमसुक नबनोस् मत पत्र !त्यस्तो नहुने आधारको ग्यारेण्टी गरीयोस् ! फेरी पनि झुटा अस्वासन बाड्ने र झुक्काउने पुरानै आफैले खडा गरेको बिकृतीको ढल देखाएर त्यसैको ब्यापार गर्न अर्को पक्षलाई आरोप प्रत्यारोप गर्ने जनता छल्ने झुटको खेती नबनोस् निर्वाचन ! अरुको भण्डाफोर नभएर आफुले सरकारमा बसेको बेलामा के गरीयो त्यो बताउदै जनताका आम समस्या र बिकृतीको ब्यापार हैन माथी उल्लेखीत समस्याहरु समाधानको लागी सिर्जनात्मक काम गर्ने प्रतिस्पर्धा को आधार बनोस् आगामी निर्वाचन ! जनताका सबै बिचार र आस्था राख्ने जनताको दुख पिडा को सम्बोधन गर्न सक्ने देशलाई संबैधानिक निकास दिने कोसेढुंगा बनोस् निर्वाचन अन्यथा कसैको सत्तारोहण र राज स्थापित मात्र गर्ने जनता मुर्दा साक्षी बनाउने उद्देश्यमा मात्र गरीने चुनाव लोकतन्त्रको सौन्दर्य बन्न सक्ने छैन ,अर्थात औपचारिकता बाहेक केही हुने छैन !! सम्बन्धित सबै नेता कार्यकर्ता सासक प्रसासकहरुको ध्यान जाओस् यही छ कामना !!

नेपाली चेलीलाई जेल सजाय , प्रेम गर्नु पनि अपराध रे !


वैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्।

उत्तर कोरीयाद्वारा अमेरीका र दक्षीणको कोरीयासंग परमाणु युद्दको घोषणा !


Thursday, March 28, 2013

भोट नदिने हाम्रो अधिकार ! हाम्रो स्वाभिमान !!

सिमाना पिल्लर चोरीदा चुईक्क बोल्दैनन् , सिमानामा नेपाली चेली बलात्कार हुदा थाहै पाउदैनन् , सिमाना मै बाँध बाधेर नेपाली बस्ती डुबाउदा बोल्नै सक्दैनन् , हाम्रै देशमा हाम्रै सन्तानलाई लुम्बिनी भारतमा पर्छ जस्तो राष्ट्रघाती , अपमान जनक , निन्दनीय अपराधीक पाठ्यक्रम पढाउदा रोक्न सक्दैनन् ,

देशको ताला चावी फिर्ता नगरी चुनाव हुन दिन्नौँ: नेकपा-माओवादी



पोखरा १५
नेकपा–माओवादीका सचिव देव गुरुङले आज पोखरामा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानसभाको चुनाव हुनै नदिने बताएका छन् ।
पार्टीको पश्चिमाञ्चल बूरोको बैठकमा भाग लिन आयका गुरुङले पत्रकारहरुको एक प्रश्नको जबाफ दिदै भने यदी कसैले यो चुनाव गरेरै छोड्छु भन्यो भने हाम्रो लाश माथि टेकेर गर्ने हिक्मत हुनु पर्छ | उनको भनाइ थियो जब सम्म नेपलमा नेकपा माओवादी भन्ने जनताको पार्टी रहन्छ तब सम्म नेपाल लाई सिक्किमि करण र फिजिकरण गर्ने कसैको षड्यन्त्र सफल हुँदैन |
चैत १ गतेको सम्झौता बाट नेपालको ताला चाबी भारतले लियको धारणा ब्यक्त गर्दै गुरुङले उक्त कदम बदर् गरी देशभक्त राजनीतिक शक्तिहरुको सयुक्त सरकार गठन नगर्दा सम्म निर्वाचन आयोग लाई अबरोध गर्ने काम जारी नै रहन्छ यो असंवैधानिक सरकारले सुरु गरेको सबै चुनावी प्रक्रिया असफल पार्ने चेतावनी समेत दिय ।
हामीले अहिले निर्वाचन आयोग लाई अबरोध गरेको नभइ राट्रिय स्वाधिन्ताको आन्दोलन लाई अगाडि बढायको बताय यति खेरको कार्यभार भनेको देश बचाउने कार्यभार भयकोले यसो गर्नु उचित हुने उनको तर्क थियो |
उनले अगाडी थपे अर्को संबिधान सभाको निर्वाचन गर्नु भन्दा पहिला बिगतको सन्बिधान सभाको समिक्षा गर्नु पर्ने हुन्छ |
यो देशका चार राजनीतिक दलले उनिहरु भित्र बाट प्रधानमन्त्रीको उम्मेद्वार चयन गर्न नसके पछी अरु राजनीतिक दलहरुलाई बाइपास गरेर निर्दलिय साशन लागु गरी देशलाई २०४७ सालको भन्दा पनि पञ्चायत ब्यबस्था भन्दा पछाडी धकेलेको उनको भनाइ थियो
चार प्रमुख राजनीतिक दलले निर्दलीय सरकार गठन गरेर मुलुकमा जङ्गी शासन लाद्न खोजेको उनको आरोप छ।
क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार शिवराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रूद्र श्रीसमगरले गर्नु भयको थियो ।

नेपाली राष्ट्रियता माथी नांगो नाच किन बोल्दैनन् सासक प्रसासकहरु ?


धन कमाउने रहर मात्र भो !


Check out this video on YouTube:

http://youtu.be/tmAQ82MHJzI

Wednesday, March 27, 2013

निरपेक्ष निर्वाचन मात्रै सबै कुराको समाधान हैन !

निरपेक्ष चुनाव नै सबै हैन चुनाव हामीलाई भन्दा धेरै बिदेशीलाई चाहिएको छ किनकी यथास्थीतीमा कसैले बहुमत ल्याउने अबस्था छैन कोही ठुलो सानो मा फरक आए पनि यसको सिधा अर्थ हो अस्थिरता को नबिकरण र राष्ट्रघातको कानुनी र बैधानिकीकरण त्यसैले चुनाव नै सबै हो भन्ने भ्रम नपाल्नु राम्रो होला नेता उहि बिचार उही लम्पासार पर्ने लेण्डुप प्रबृत्ती उही संकृण रुढीवादी राजनितीक चेतना जनतामा उही अनि आउने परीणाम यही हो हुने यही हो बरु यस्तै अबस्थावाट गोलमेच सम्मेलनको आयोजना गरेर सबै शक्ती बिचार चेतना स्वार्थ र दलहरु बिच माहान बहस गरेर बिचार मन्थन गरेर शाझा निस्कर्षमा पुगौ भन्नु के गल्ती भयो ?

विदेशीको दबाबमा प्रन्यालाई उम्मेदवार बनाइयो:सचिव गुरुङ

 फागुन १४ – नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशीको दबाबमा प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव देव गुरुङले दलहरूलाई अलमलाउन र आफ्नो सरकार लम्ब्याउनका लागि एकीकृत नेकपा (माओवादी)ले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको बताए ।
उनले भने — ‘एमाओवादीले विगतमा सुशील कोइरालालाई सर्वसम्मत भए मान्छौँ भनेर अल्मलाएजस्तै अहिले प्रधान न्यायाधीशको कुरा उठाएर आफ्नो सत्ता लम्बाउन खोजेको हो ।’

मधेसको असन्तुष्टि मिलाउन एमाओवादीमा छलफल


काठमाडौ, चैत १४- पछिल्लो समयमा पार्टी भित्र देखिएको मधेसको असन्तुष्टि हटाउन एकीकृत नेकपा माओवादीका प्रभावशाली नेताहरुवीच छलफल भएको छ ।

एमालेका बरिष्ठ नेतालाई जुत्ता माला (तस्विर सहित)




गोरखा, चैत्र १४ – बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।
बुढेसकालमा बहुविवाह गरेको आरोपमा स्थानीयले गोरखा नगरपालिका-११ का एमाले जिल्ला नेता ७२ वर्षीय रेशमबहादुर बानियाँलाई गाउँ निकाला गरेका छन् ।

बलजफ्ती चुनाव भए प्रतिरोध

अनेकोट, ६ चैत/ नेपाल कम्युनिस्ट पार्टी–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सहिदका सपनामाथि खेलवाड गर्नेहरूले बलपूर्वक चुनाव गर्न खोजे सशक्त प्रतिरोध गर्ने बताएका छन् । जनताका सपनामाथि खेलवाड गर्नेहरुले आफ्नो स्वार्थमा देशलाई भजाउन खोजेमा जनताले माफी नदिने बताउँदै अध्यक्ष किरणले त्यो प्रक्रियामा प्रचण्ड र बाबुरामलाई पनि जनताले बाँकी नराख्ने चेतावनी दिए ।

पाकिस्तानमा मे १६ मा आम चुनाव हुने

काठमाण्डौं । पाकिस्तानमा १६ मे मा आम चुनाव हुने भएको छ । गत मार्च १६ का दिन पाकिस्तान पीपुल्स पार्टीको नेतृत्वको सरकारले पांच बर्षको आफ्नो कार्यकाल पुरा गरेको थियो । यहांको संसदीय इतिहासमा यो पहिलो पटक हुनेछ, जब चुनावका माध्यमले सत्ताको हस्तान्तरण एक निर्वाचित सरकारबाट अर्को निर्वाचित सरकारलाइ दिनेछ ।

प्रदेशी हुनु नेपालीको रहर हैन बाध्यता हो |

प्रदेशी हुनु नेपालीको रहर हैन बाध्यता हो |