Saturday, March 30, 2013

उत्तर कोरीयाद्वारा अमेरीका र दक्षीणको कोरीयासंग परमाणु युद्दको घोषणा !


उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध औपचारिक रुपमा युद्धमा प्रवेश गरेको घोषणा गरेको छ । उत्तर कोरियाले वक्तव्य निकाली कोरियाली प्रायद्वीपमा लामो समयदेखि चलेको ‘न युद्ध न शान्ति’को अवस्था अब अन्त्य भएको जनाएको छ । गएको फेब्रुअरीमा गरेको तेश्रो आणविक परीक्षणपछि आफूमाथि बढ्दो प्रतिबन्धकाबीच छिमेकी दक्षिण कोरिया र अमेरिका विरुद्ध लगातार आक्रोश व्यक्त गर्ने क्रममा उत्तरकोरियाको पछिल्लो प्रतिक्रिया आएको हो । उत्तर कोरियाली वक्तव्यमा उत्तर दक्षिणको सम्बन्ध युद्धको स्थितिमा प्रवेश गरेको र दुई कोरियाली मुलुकबीचका सबै मामिला युद्धकालीन प्रोटोकल अनुसार समाधान गरिने उल्लेख छ ।
कोरियाली क्षेत्रमा हुने कुनैपनि उत्तेजनापूर्ण गतिविधिले पूर्णतः संघर्ष र परमाणु युद्धलाई प्रेरित गर्ने उत्तर कोरियाको भनाई छ । उत्तर कोरियाले पछिल्ला केही हप्तामा अमेरिकामाथि परमाणु आक्रमण गर्ने र दक्षिणसंग भएको युद्धविराम लगायतका सबै सम्झौता अन्त्य गरी युद्ध शुरु गर्ने चेतावनी दिइसकेको छ । अमेरिका र दक्षिण कोरियाले उत्तरको चेतावनी नयाँ नभई भड्काउ खालको चेतावनीको एक हिस्सा भएको प्रतिक्रिया दिएका छन् ।
source : नेपालकोरीयाटाईम्स

No comments:

Post a Comment