Saturday, June 1, 2013

महिला कमलरी माथी जाईलागे रेग्मीका पुरुष जल्लादहरु !! अत्याचारको सिमा हुन्छ

प्रहरीको राक्षसी सैलीको कुटाइबाट आधा दर्जन कमलरी घाइते भएका छन्। तीन जनाको अवस्था भने गम्भीर रहेको संयोजक फकला थारुले बताए। उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते हुनेमा दाङकी उर्मिला चौधरी, कैलालीका कमला चौधरी र सुजता चौधरी छन्। उनीहरु अझै बेहोस रहेको संयोजक थारुले बताए। बाँकी कमलरीलाई जल्लादहरुले हिरासतमा लिएको छ।

पुरुष प्रहरी नामक पागल जल्लाद कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए। उनीहरुले 'महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?' भन्दै प्रश्न गरेका थिए।

मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।

राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए।attacj in kamalari girl-2
attacj in kamalari girl-3

attacj in kamalari girl-4
attacj in kamalari girl-5
attacj in kamalari girl-6
attacj in kamalari girl-7

Sunday, May 26, 2013

बिबेकहिन भाडाका पाल्तु जल्लादहरुले यसरी मारेका थिए कृष्णसेनलाई

पर्शुराम काफ्ले ।

महेन्द्र पुलिस क्लब, जुडो हलछेउको माथिल्लो घरको पहिलो तल्लाको भिआइपी कोठा । २०५९ जेठ १३ को बिहान ११ बजेको छ । डोरीले पछाडी हात बाँधेर बन्दीलाई लडाइएको छ । उनी वरिपरि बर्दी पोसाकका चारजना उभिएका छन् । यातना सहन नसकेर बान्ता गरिरहेका बन्दी पानी मागिरहेका छन् । तर बर्दीधारी उनको चीत्कार सुनेर हाँसोको फोहोरा छुटाइरहेका छन् ।

‘ए सेन, भन यो देश कसको हो ?’, बर्दीधारीका नायकको प्रश्न भुइँमा नखस्दै बन्दीको जवाफ आयो, ‘देश नेपाली जनताको हो ।’ ‘जनताको भन्छस् रु यो राजाको देश हो । यो ठकुरीको देश हो । राजाको भन् राजाको…, कैदीको निधारमा मुक्का हान्दै बन्दी नायक भन्छन्, ‘साला.. तँ पनि ठकुरी, ज्ञानेन्द्र पनि ठकुरी, म पनि ठकुरी । देश बनाउने ठकुरीका बिरुद्ध लाग्ने रु’ बर्दीधारीको मुक्कासँगै बुट र लाठी बज्रिरहँदा बन्दीको प्राणन्त हुन्छ ।

Krishna-Sen-Ichhuk

पाठकवृन्द यो कुनै काल्पिनिक नाटक होइन । २०५९ जेठ १३ गते बिहान ११ बजेतिर मारिएका पत्रकार कृष्ण सेन इच्छुक र नेपाल प्रहरीका तत्कालीन डिआइजी अमरसिंह शाहबीच १० मिनेटअघि भएको कुराकानी हो । नयाँ पौडीपोखरी छेउमा रहेको महेन्द्र पुलिस क्लब एक तल्लामाथिको सोही कोठामा पत्रकार सेन प्रहरीको चरम यातनाबाट मारिएका थिए ।

६ जेठमा काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका उनलाई एक सातासम्म चरम यातनाका साथ महेन्द्र पुलिस क्लबमा राखिएको थियो । ७ जेठ राति २ बजेसम्म सेनलाई देख्ने पत्रकार संगीता खड्का भन्छिन्, ‘चरम यातनाका कारण उहाँले बान्ता गर्न थालिसक्नुभएको थियो । राति १० बजेदेखि यातना दिन सुरु भएको थियो । यातनाका क्रममा हातखुट्टा भाँचिइसकेका थिए ।’ संगीताका अनुसार त्यस्तो बेला पनि दुईजना प्रहरी लगाई जबर्जस्ती भित्तामा अड्याएर बुटले हान्दै थिए डिएसपी बिक्रम थापा । त्यसको एक साता नबित्दै पत्रकार सेनको प्राणपखेरु उडेको थियो । हत्यालगत्तै सेनको शवलाई बोरामा हालेर लगिएको थियो ।

त्यतिबेला महेन्द्र पुलिस क्लबमै रहेका जनदिशा दैनिकका तत्कालीन संवाददाता भरत सिग्देलका अनुसार ७ जेठमा सेनलाई प्रहरीले राजाको बखानमा बोल्न लगाएको थियो । ‘ल भन् सेन, यो देशको माया कसलाई छ र?’, प्रहरी अधिकृतको जवाफ सेनले यसरी दिए, ‘यो देशको माया सबै नेपालीलाई छ ।’

सिग्देलका अनुसार त्यसपछि प्रहरी अधिकृतले सेनमाथि खन्निँदै भने, ‘यो देशको माया तेरो बाउ प्रचण्ड, बाबुराम, बादललाई पनि छैन । शेरबहादुर, गिरिजालाई पनि छैन । यो देशको माया ज्ञानेन्द्रलाई मात्र छ । बुझिराख् यो देश ठकुरीले बनाएको हो ।’ प्रहरी अधिकृतले यतिसम्म भनेका थिए, ‘म पनि ठकुरी तँ पनि ठकुरी होस् । तेरो दिमागमा प्रचण्ड, बाबुरामले गोबर भरिदिएका छन् ।’

समाचार श्रोतका अनुसार १३ जेठमा सेनको शव बोरामा पोको पारेर महेन्द्र पुलिस क्लबमा राखियो र सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो बनाइएको बा १ च ६०७१ नम्बरको सेतो रंगको हाइलक्स पिकअप भ्यानमा हालेर क्लबबाहिर निकालियो । सई, असई सम्मिलित एउटा टोलीले १३ गते राति सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा जलाइएको थियो । तत्कालीन डिआइजी शाहले आफ्ना सहपाठीहरुसित भनेका थिए, ‘ख्यालख्यालमै स्विट एण्ड सावर (गुलियो र अमिलो) गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो ।’आफुलाई ठकुरी बताउने ति प्रहरी अधिकृत थिए प्रहरीका हालका एआइजी अमरसिंह शाह । शाहले सेनलाई अन्तिम प्रश्न राखेका थिए, ‘यो देशमा सेना परिचालन हुँदैछ, अमेरिकी सेना नेपाल आउँछ, त्यतिबेला तँ कहाँ हुन्छस् थाहा छ रु’ सेनको जवाफ आयो, ‘म जहाँ रहेपनि नेपालमै हुन्छु ।’ त्यसपछि शाहले आक्रामक हुँदै भने, ‘साला, तँ माटोमुनी हुन्छस् । म श्री ५ को बफादार सिपाही हुँ, बुझिराख्, त्यतिबेला प्रचण्ड, बाबुरामपनि माटोमुनी हुन्छन्, गिरिजा र शेरबहादुर पनि जेलमा हुनेछन् । स्मरणीय छ, त्यतिबेला शेरबहादुर प्रधानमन्त्री थिए ।

तर, सरकारले गोकर्णको जंगलमा भएको दोहोरो भिडन्तमा सेन मारिएको सूचना जारी गरेको थियो । सूचनामा कृष्ण सेनको नाम त थिएन, तर उनको हुलिया दिएर संकेत गरिएको थियो ।

पहिलो संकटकालको उत्तरार्धमा भएको हत्याका बारेमा तत्कालीन सरकारले त मुख खोलेन नै हालसम्म पनि हत्याको खोजीनीति भएको छैन । उनको हत्यामा मुछिएका व्यक्ति नेपाल प्रहरीका उपल्लो र निर्णायक स्तरमा छन् । हत्यामा आरोपित प्रहरी यतिबेला मुख खोल्न चाहँदैनन् । प्रहरीका उपत्यका हेर्ने तत्कालीन डिआइजी अमरसिंह शाह सेन हत्यामा आफू संलग्न नभएको तर्क गर्छन् । ‘त्यतिबेला यस्ता सबै काम युनिफाइड कमान्डको नेतृत्व गर्ने निकाय (सेना) को हुन्थ्यो । हामीलाई सरोकार हुँदैनथ्यो’, कृष्ण सेन समातिएका बारेमा पनि आफुलाई थाहा नभएको भन्दै उनी पन्छिन खोजे । ‘पक्राउ गर्ने, ल्याउने र कारबाही गर्ने काम सेनाको हो, उसैले गथ्र्यो । मलाई त के जानकारी आउँथ्यो र’, उनले प्रहरी हेडक्वार्टरतिर पन्छाउन खोज्दै भने, ‘त्यो त हेडक्वार्टरले डिल गर्नुपर्ने कुरा थियो । मलाई कसैले पनि जानकारी दिएन ।’ उनले त यतिसम्म भने, ‘प्रहरीका त्यत्रा मान्छे मारिए, त्यसको हिसावकिताव खोइ त रु नेपालगञ्ज, नौमूले जस्तो घटनाको छानबिनचाहिँ कसले गर्छ ?’

महेन्द्र पुलिस क्लबमा सेनलाई ल्याएको बारेमा उपत्यका प्रहरी प्रमुखलाई कसरी थाहा हुन्न भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यतिबेला त्यस्तै थियो । घटना पुरानो पनि भैसक्यो मलाई थाहा हुने कुरा पनि भएन ।’ त्यतिबेला सरकारले सेनलाई पक्राउ नै नगरेको बताएको थियो । त्यसो त सेन हत्याका आरोपी डिएसपी विक्रम थापा पनि त्यसबारेमा केही बताउन चाहँदैनन् । ‘मलाई केही पनि थाहा छैन’, सेनको हत्यासँगै विदेश पठाइएका र शान्ति पुरस्कारबाट पुरस्कृत गरिएका डिएसपी थापा एउटै जवाफ दिन्छन्, ‘मैले कृष्ण सेनको नाम पनि सुनेको छैन, जनादेश साप्ताहिकको नाम पनि सुनेको छैन ।’ नक्सालस्थित १ नम्बर गणमा कार्यरत थापा बढुवाका लागि प्रयास गर्दैछन् ।

आफुलाई ठकुरी बताउने ति प्रहरी अधिकृत थिए प्रहरीका हालका एआइजी अमरसिंह शाह । शाहले सेनलाई अन्तिम प्रश्न राखेका थिए, ‘यो देशमा सेना परिचालन हुँदैछ, अमेरिकी सेना नेपाल आउँछ, त्यतिबेला तँ कहाँ हुन्छस् थाहा छ रु’ सेनको जवाफ आयो, ‘म जहाँ रहेपनि नेपालमै हुन्छु ।’ त्यसपछि शाहले आक्रामक हुँदै भने, ‘साला, तँ माटोमुनी हुन्छस् । म श्री ५ को बफादार सिपाही हुँ, बुझिराख्, त्यतिबेला प्रचण्ड, बाबुरामपनि माटोमुनी हुन्छन्, गिरिजा र शेरबहादुर पनि जेलमा हुनेछन् । स्मरणीय छ, त्यतिबेला शेरबहादुर प्रधानमन्त्री थिए ।

समाचार श्रोतका अनुसार १३ जेठमा सेनको शव बोरामा पोको पारेर महेन्द्र पुलिस क्लबमा राखियो र सरकारी नम्बर प्लेट परिवर्तन गरी रातो बनाइएको बा १ च ६०७१ नम्बरको सेतो रंगको हाइलक्स पिकअप भ्यानमा हालेर क्लबबाहिर निकालियो । सई, असई सम्मिलित एउटा टोलीले १३ गते राति सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा जलाइएको थियो । तत्कालीन डिआइजी शाहले आफ्ना सहपाठीहरुसित भनेका थिए, ‘ख्यालख्यालमै स्विट एण्ड सावर (गुलियो र अमिलो) गर्दागर्दै कृष्ण सेन त माथि पुग्यो ।’

तर, सरकारले गोकर्णको जंगलमा भएको दोहोरो भिडन्तमा सेन मारिएको सूचना जारी गरेको थियो । सूचनामा कृष्ण सेनको नाम त थिएन, तर उनको हुलिया दिएर संकेत गरिएको थियो ।

पहिलो संकटकालको उत्तरार्धमा भएको हत्याका बारेमा तत्कालीन सरकारले त मुख खोलेन नै हालसम्म पनि हत्याको खोजीनीति भएको छैन । उनको हत्यामा मुछिएका व्यक्ति नेपाल प्रहरीका उपल्लो र निर्णायक स्तरमा छन् । हत्यामा आरोपित प्रहरी यतिबेला मुख खोल्न चाहँदैनन् । प्रहरीका उपत्यका हेर्ने तत्कालीन डिआइजी अमरसिंह शाह सेन हत्यामा आफू संलग्न नभएको तर्क गर्छन् । ‘त्यतिबेला यस्ता सबै काम युनिफाइड कमान्डको नेतृत्व गर्ने निकाय ९सेना० को हुन्थ्यो । हामीलाई सरोकार हुँदैनथ्यो’, कृष्ण सेन समातिएका बारेमा पनि आफुलाई थाहा नभएको भन्दै उनी पन्छिन खोजे । ‘पक्राउ गर्ने, ल्याउने र कारबाही गर्ने काम सेनाको हो, उसैले गथ्र्यो । मलाई त के जानकारी आउँथ्यो र’, उनले प्रहरी हेडक्वार्टरतिर पन्छाउन खोज्दै भने, ‘त्यो त हेडक्वार्टरले डिल गर्नुपर्ने कुरा थियो । मलाई कसैले पनि जानकारी दिएन ।’ उनले त यतिसम्म भने, ‘प्रहरीका त्यत्रा मान्छे मारिए, त्यसको हिसावकिताव खोइ त रु नेपालगञ्ज, नौमूले जस्तो घटनाको छानबिनचाहिँ कसले गर्छ रु’

महेन्द्र पुलिस क्लबमा सेनलाई ल्याएको बारेमा उपत्यका प्रहरी प्रमुखलाई कसरी थाहा हुन्न भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यतिबेला त्यस्तै थियो । घटना पुरानो पनि भैसक्यो मलाई थाहा हुने कुरा पनि भएन ।’ त्यतिबेला सरकारले सेनलाई पक्राउ नै नगरेको बताएको थियो । त्यसो त सेन हत्याका आरोपी डिएसपी विक्रम थापा पनि त्यसबारेमा केही बताउन चाहँदैनन् । ‘मलाई केही पनि थाहा छैन’, सेनको हत्यासँगै विदेश पठाइएका र शान्ति पुरस्कारबाट पुरस्कृत गरिएका डिएसपी थापा एउटै जवाफ दिन्छन्, ‘मैले कृष्ण सेनको नाम पनि सुनेको छैन, जनादेश साप्ताहिकको नाम पनि सुनेको छैन ।’ नक्सालस्थित १ नम्बर गणमा कार्यरत थापा बढुवाका लागि प्रयास गर्दैछन् ।

krishna-sen-Nayapatrika

कृष्ण सेनको गिरफ्तारी र यातना

पत्रकार केष्ण सेनलाई ६ जेठ २०५९ मा राजधानीको नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउअघि जनदिशा दैनिकका तत्कालीन कार्यकारी सम्पादक शिव तिवारीले सेनलाई फोन गरि भेट्न बोलाएका थिए । श्रोतका अनुसार भाडाको ट्याक्सीमा गएका तत्कालीन प्रहरी नायव निरीक्षक (सई) विजयप्रताप शाहले सेनलाई गिरफ्तार गरी महेन्द्र पुलिस क्लब लगेका थिए । सेनलाई गिरफ्तार गरेबापत तत्कालै उनी इन्सपेक्टरमा बढुवा भएका थिए । हाल प्रहरी हेडक्वाटरमा रहेका शाह शान्ति सेनाको कोसोभो मिसनबाट ६ महिनाअघि काठमाडौं फर्केका हुन् ।

सेन पक्राउअघि प्रहरीले महेन्द्र पुलिस क्लबमा ठुलै योजना बनाएको थियो । सेनलाई खोजी गरिरहेको प्रहरीले ५ जेठ राति १२ बजे जनदिशाका पत्रकारहरु प्रभात चलाउने, अतीन्द्र न्यौपाने, भरत न्यौपाने र भरत सिग्देललाई गौशालाबाट पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका सिग्देलका अनुसार प्रहरीले उनीहरुसित सेनको कोठाका बारेमा सूचना मागेको थियो । अतीन्द्रमार्फत त्यसै दिन पत्रकार शिव तिवारीलाई प्रहरीले समातेको र शिवको योजनाअनुसार सेन समातिएको सिग्देल बताउँछन् । ‘महेन्द्र पुलिस क्लबमा ल्याइएका शिवले गद्दारी गरेका कारण सेन दाई समातिएका हुन् । नत्र गिरफ्तार हुने कुनै सम्भावना थिएन’, सिग्देलले ठोकुवा गरेरै भने, ‘क्लबको हलभित्रै शिवले कृष्ण सेनको कोठा देखाउन मलाई पुलिसकै भाषामा दबाब दिइरहेका थिए । मबाट सम्भव नभएपछि शिवले कृष्ण सेनलाई समातिदिने प्रस्ताव राखे । उनका अनुसार शिवले आफु पक्राउबारे सार्वजनिक नगर्ने सर्तमा प्रहरीकै अगाडिबाट फोन गरी सेनलाई बानेश्वरमा भेट्न बोलाएका थिए । सेन ह्वाइट हाउस कलेजमा सेल्टर लिएर बसेका थिए । सिग्देल भन्छन्, ‘शिवकै आइडिया अनुसार बानेश्वर चोकबाट घेरा हालेर सेनलाई प्रहरीले ५ जेठमा गिरफ्तार गरी महेन्द्र पुलिस क्लबमा पुर्याएको थियो ।’

जनादेशकै अर्का पत्रकार संगीतालाई प्रहरीले टेकुको भन्सार कार्यालय अगाडिबाट पक्राउ गरी साढे ५ बजे महेन्द्र पुलिस क्लबभित्रको हलमा ल्याई पुर्याउँदा सेनलाई प्रहरीले ल्याइसकेको थियो । आँखाको पट्टी खुकुलो पारेर हलमा हेर्दा सेनलाई देखेको र सामान्य कुराकानी भएको संगीता बताउँछिन् । त्यतिबेला सेन घाइते अवस्थामा थिए ।

पक्राउ परेको दिन क्लबको बागबजार साइडतिरको मेसमा खाना खुवाएर प्रहरीले सेनलाई ९ बजेदेखि हलभित्रै यातना दिन थालेको थियो । त्यसदिन सेनसहित संगीता, शिव तिवारी, भरत सिग्देल, ह्वाइट हाउस कलेजका प्रिन्सिपल नवराज ढुंगाना र उनका आफन्त समातिएका थिए ।

रातभर ८ घण्टासम्म निरन्तर यातना दिएर उनलाई ७ जेठ बिहान ५ बजे यातनामुक्त गरिएको थियो । त्यसदिन प्रहरीले सेनलाई माओवादी नेता बादलको सम्पर्क देखाउन दबाब दिएको थियो । सेनले भनेका थिए, ‘मसँग बादलको सम्पर्क छैन । माओवादी नेताहरु मुमाराम खनाल र कृष्णध्वज खड्कामार्फत मेरो सम्पर्क हुन्थ्यो । उहाँहरु समातिएपछि अहिले मेरो कसैसँग पनि सम्पर्क छैन ।’ पक्राउपछि प्रहरीका फरकफरक समूह आएर सेनलाई कुट्ने गरेको संगीता बताउँछिन् ।

त्यसदिन अर्धचेत भएकी संगीता भन्छिन्, ‘सेनदाई पनि त्यतिबेला होसमा हुनुहुन्थेन जस्तो लाग्छ ।’ ७ जेठ बिहान ५ बजेदेखि १० बजेसम्म बन्दीहरुलाई यातनामुक्त अवस्थामा राखियो । १० बजेपछि फेरी सुरु भयो यातनाको वर्षा । प्रहरी यातनाले सेनका खुट्टा भाँचिइसकेका थिए । डिएसपी विक्रम थापाले दुई प्रहरीलाई आदेश दिए, ‘यस् (कृष्ण सेन) लाई भित्तामा अड्याएर उभ्याउनू ।’ संगीताका अनुसार त्यसपछि प्रहरीले सकिनसकी भित्तामा अड्यायो । डिएसपी थापाले हातको लठ्ठी सेनको निधारमा बजारे । ‘डिएसपी थापाले बादलको कोठा कहाँ छ भनेर कुट्दै सोध्यो’, संगीता भन्छिन्, ‘तर उहाँले मान्नुभएन । तीन बजेसम्म चरम यातना दियो ।’

संगीतालाई त्यतिबेला कृष्ण सेनलाई यातना दिएको हलमा राखिएको थियो । उनले आँखामा लगाइएको पट्टी खुकुलो पार्दै यातनाको दृश्य हेर्ने प्रयास गरेपनि असफल भएको बताइन् । ‘सेनलाई डिएसपीले पिटेको आवाज कानसम्म आइरहेको थियो । प्रहरीले मर्न हिँड् भन्दा सेनले ‘म हिँड्न सक्दिन तानेर लानूस्’ भनेका थिए । प्रहरीले त्यतिबेला भनेका थिए, ‘यो कस्तो ज्याद्रो मान्छे हो । मर्न हिँड् भन्दा पनि तान्नुस् भन्छ ।’

यातना दिने क्रममा थापाले सेनलाई भनेका थिए, ‘तँलाई समातेपछि ज्ञानेन्द्र सरकार खुसी हाइबक्सेको छ ।’ सिग्देलका अनुसार त्यतिबेला सेनलाई चोभारको बनमा लैजान डिएसपी थापाले प्रहरीलाई आदेश दिएका थिए । ‘त्यसको केही छिनपछि क्वारक्वार गाडीको आवाज आयो । त्यसपछि हामीले सेनदाईको आवाज सुन्न पाएनौँ’, सिग्देलले भने, ‘मैले त उहाँलाई मार्न लगे भन्ने सोचेको थिएँ । १५ मिनेटपछि गाडीको आवाज आयो र सेनदाईको आवाज पनि सुनियो । त्यसपछि सेनदाईले पेनकिलर माग्नुभो । हामीलाई पनि पुलिसले पेन किलर दिए ।’ पिटाइले अर्धबेहोस् सेनले साँझ खाना खान सकेनन् । ‘हामीलाई घिसारेर खाना खाने ठाउँमा लगियो । त्यहाँ सेनदाई र मैले हातले खाना टिप्न सकेनौँ’, सिग्देलले थपे, ‘मलाई भात खुवाइदिनुस् भन्नुभो सेनदाईले । म पनि त्यस्तै हालतमा थिएँ । पछि भुईँमा भात राखेर मुख जोतेरै खायौँ । दुई गासपनि नखाँदै दाईले बान्ता गर्नुभो । त्यसपछि उहाँले प्रहरीलाई पानी तताइदिन भन्नुभो । एउटा प्रहरी कड्कियो, ‘खालास् तातोपानी, पानी उम्लिँदै छ । त्यसमै हालेपछि पानी खान्छस् एकपछिपछि ।’ त्यसपछि कुटाइको वर्षाले सेनको बोली बन्द भएको सिग्देल बताउँछन् । ‘हुँ‘ मरेनी आमा‘ भन्ने आवाज आउँथ्यो’, सिग्देलले भने, ‘तर अत्यधिक कुटाइले उहाँ बेहोस् भैसकेजस्तो अनुभूति हामीले गर्यौँ ।’

संगीताका अनुसार पिटाइबाट गलिसकेका कृष्ण सेनले बान्ता गर्न थालिसकेका थिए । पिट्दापिट्दै बान्ता गरेपछि डिएसपी थापा आत्तिएका थिए । पेनकिलर दिएको बेला डिएसपी विक्रम नरम भएको बताउँछिन् संगीता । विक्रमले त्यहाँ रहेका प्रहरीलाई आदेश दिँदै भने, ‘अब यिनीहरु कसैलाई पनि नपिट्ने ।’ उनले सेनलाई ग्लुकोज पानी दिन आदेश दिए । यातना दिएका सबैलाई एकएकवटा पेनकिलर दिए । त्यस दिन राति १२ बजे संगीता र सेनबाहेक बाँकी बन्दीदाई प्रहरीले बाहिर निकालेको थियो । सोही राति साढे दुईबजे संगीतालाई त्यहाँबाट बानेश्वर पठाइयो भने सेनलाई क्लबमा एक्लै राखियो । सेनको कमजोर स्वास्थ्यको पोल खुल्ने त्रासले अन्य बन्दीलाई त्यहाँबाट हटाइएको थियो ।

पाँच दिनसम्म एक्लै राखेर करेन्ट लगाउने, पानीमा डुबाउने र खाल्डोमा हाल्नेसम्म यातना दिएर महेन्द्र पुलिस क्लबको स्विमिङ पुलछेउ घरको माथिल्लो तल्लाको भिआपी कोठामा उनको हत्या गरिएको थियो । तर, ७ जेठदेखि नै सेनको होस् उडिसकेको सिग्देल बताउँछन् । ‘उहाँ पुरै गलिसक्नुभएको थियो’, उनले भने, ‘उहाँको पिटाइबाटै शहादत भएजस्तो लाग्छ ।’

२०१३ सालमा भारतको देहरादुनमा जन्मेका सेन जनदिशा दैनिक र जनादेश साप्ताहिकका सम्पादक थिए । उनका शोकाञ्जलि, इतिहासको यस घडीमा, बन्दी र चन्द्रागिरि नामक कविता संग्रह प्रकाशित छन् । सेन नेपाल पत्रकार महाससंघका केन्द्रीय पार्षद समेत थिए ।

हत्यापछि चर्को बिरोध

पहिलोपटक जनआस्था साप्ताहिकले सेनको हिरासतमा हत्या भएको समाचार सार्वजनिक गरेको थियो । पत्रकारहरुले समाचार प्रकाशित भएलगत्तै सरकारसित घटना सार्वजनिक गर्न माग गरेका थिए । प्रस्ताव राखेपनि सरकारले असहयोग गरेको नेपाल पत्रकार महासंघ सभापति विष्णु निष्ठुरी बताउँछन् । सर्वत्र विरोध र दवावका बाबजुद गृह मन्त्रालयले २० असारमा ‘प्रहरी हिरासतमा मारिएका भनिएका सेनलाई प्रहरीले पक्राउ नै नगरेको’ व्यहोराको विज्ञप्ती प्रकाशित गरेको थियो । गृह मन्त्रालयले कृष्ण सेन आतंककारी भएकाले पक्राउ गर्न सहयोग गर्नेलाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा दोहोर्याएको थियो ।

त्यसअघि नै सरकारले माओवादी नेताहरुसँगै कृष्ण सेनको टाउकाको मोल तोकिसकेको थियो । आन्दोलनको ताप मथ्थर गर्न सरकारले गृह मन्त्रालयका सहसचिव सुशीलजंगबहादुर राणाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिलाई पत्रकार सेनको हत्या प्रकरणको अनुसन्धानका क्रममा आशंकितसँग बयान लिने अधिकार थियो तर हिरासतमा लिएर छानबिन गर्ने अधिकारचाहिँ थिएन । टोलीसित डिएसपी थापाले भनेका थिए – ‘कृष्ण सेनलाई महेन्द्र पुलिस क्लब ल्याइएको छैन । सेनको मृत्यु भएको भनिएका बेला क्लबमा बिहे पार्टी चलिरहेको थियो ।’

मितिसँग डिआइजी शाहले भनेका थिए – ‘हामीले त उनको २०६३ वैशाख १० गते नै टाउकाको मूल्य तोकेका थियौँ तर अहिलेसम्म फेला परेका छैनन् ।’
‘पत्रकारलाई स्वतन्त्रपूर्वक बाँच्न र लेख्न देऊ’ भन्ने नारासहित महासंघले सरकारबिरुद्ध आन्दोलन गरिरहेको थियो ।

सेनकी श्रीमती सेनाको हिरासतमा

सेनलाई क्लबमा तड्पाएर हत्या गरेकै दिन सेनाले उनकी पत्नी तक्मा केसीलाई पक्राउ गरेको थियो । त्रिवि शिक्षण अस्पतालको बगैँचाहाताभित्रबाट सेनाले उनलाई समातेर बालाजुस्थित सेनाको १ नम्बर बाहिनी लगेको थियो । ‘टाउकोमा कालो थैलोले छोपेर लग्यो’, तक्माले नयाँ पत्रिकासँग भनिन्, ‘दुई ठाउँमा रोकेर सिँढी चढाएर माथि लग्यो । तर किन लगेको चाहिँ भनेन ।’ सोही दिन सेनाकै एक महिला आएर उनलाई झपारिन् ।

पत्रकार मीना तिवारीसँगै सेनाले उनलाई बाहिनीमा राखेको थियो । ‘उहाँ (कृष्ण सेन) कहाँ हुनुहुन्छ भनेर सोधीखोजी गरेँ । नेताहरुको बसोबासका बारेमा पनि सोधेँ’, त्यसदिनको घटना सम्झिँदै उनी भन्छिन्, ‘विवाह भएपछिका सबै फोटा र उहाँका किताब लिएर गए । तर फिर्ता गरेनन् ।’ मोहन वैद्य किरण भन्ठानेर सेनाले सेनसँगै खिचिएको खगेन्द्र संग्रौलाको फोटो देखाएको र मोहन वैद्यबारे आफूसित सोधखोज गरेको तक्मा बताउँछिन् ।

सेनाले सेनपत्नी तक्मालाई १५ जेठमा भाउजूको जिम्मा लगाएर रिहा गरेको थियो । गहना, सिक्री, घडी फिर्ता दिइएको तर पारिवारिक फोटो सेनाले गायब बनाएको उनले बताइन् । तक्माका अनुसार उनी रिहा भएपछि सेनाका एक मेजरले भनेका थिए – ‘कृष्ण सेन प्रहरी हिरासतमा हुनुहुन्छ । पीर मान्नुपर्दैन ।’ तर, बाहिनीका तत्कालीन जर्नेल रिहाकै दिन निकै भावुक देखिएकाले शंका उब्जेको उनी बताउँछिन् ।

माओवादी नेतृत्वले सेनको हत्याका बारेमा अहिलेसम्म पहल नगरेकोमा परवार चिन्तित छन् । ‘माओवादी सरकारमा गएपछि त केही पहल हुन्छ भन्ने लागेको थियो’, तक्माले भनिन्, ‘मैले अध्यक्ष प्रचण्डसितै भेटेर पनि भनेकी थिएँ । कृष्णबहादुर महरालाई पनि भनेकी थिएँ । तर खोइ, अहिलेसम्म केही पहल भएको छैन ।’

साभारः नयाँ पत्रिका राष्ट्रिय दैनिक, २०६४ जेठ १३ गतेको