अनेकोट, ६ चैत/ नेपाल कम्युनिस्ट पार्टी–माओवादीका
अध्यक्ष मोहन वैद्य ‘किरण’ले सहिदका सपनामाथि खेलवाड गर्नेहरूले बलपूर्वक
चुनाव गर्न खोजे सशक्त प्रतिरोध गर्ने बताएका छन् । जनताका सपनामाथि खेलवाड
गर्नेहरुले आफ्नो स्वार्थमा देशलाई भजाउन खोजेमा जनताले माफी नदिने
बताउँदै अध्यक्ष किरणले त्यो प्रक्रियामा प्रचण्ड र बाबुरामलाई पनि जनताले
बाँकी नराख्ने चेतावनी दिए ।
अखिल नेपाल जनसांस्कृतिक महासंघले सोमबार काभ्रेको अनेकोटमा आयोजना गरेको
सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा अध्यक्ष किरणले उक्त चेतावनी दिएका हुन्
। उनले विदेशीहरूको इशारामा अन्तरिम संविधानका सबै विधि र प्रक्रिया मिचेर
बलपूर्वक गराउन खोजिएको चुनावका विरूद्ध आफूहरूले कडा प्रतिरोध गर्ने बताए
। यस्तो चुनाव आफूहरूलाई कुनै हालतमा मान्य नहुने बताउँदै नेता किरणले
भने, ‘बलजफ्ती चुनाव गराउन खोज्नेहरूका हात खुट्टा जनताले भाँच्ने छन्,
जनताले त्यतिबेला प्रचण्ड र बाबुरामसमेतलाई बाँकी राख्ने छैनन् ।’
आफूहरू क्रान्तिप्रति इमानदार रहेको विश्वास दिलाउँदै नेता किरणले आफू सहिद
हुन तयार रहेको बताए । उनले आफू सहिद भए पनि क्रान्तिप्रति धोका नदिने
प्रतिबद्धता समेत व्यक्त गरे । प्रचण्ड र बाबुरामले विदेशीहरूका सामु
आत्मसपर्मण गरेको भएपनि आफू शहदात दिन कत्तिपनि न हच्चकिने बताए ।
नेकपा (माओवादी) का संयोजक मातृका यादवले जनताको समस्या समाधान गर्न
सशस्त्र संघर्ष आवश्यक रहेको बताए । जनताका समस्या क्रान्तिसँग जोडिएकाले
यसका लागि नेकपा–माओवादीले क्रान्तिकारीहरूको अगुवाइ गर्नु पर्ने बताउँदै
संयोजक यादवले आफूहरू सहयोग गर्न तयार रहेको बताए । ‘क्रान्तिकारी
पार्टीहरूलाई नेतृत्व गरी माओवादी अघि बढनुपर्छ’ उनले भने ।
महासंघले आयोजना गरेको प्रतिरोध दिवसमा सरिक क्रान्तिकारी कम्युनिस्ट
पार्टीका महासचिव मणि थापाले प्रचण्ड बाबुरामले १२बुँदेदेखि गद्दारी गरेको
बताए । उनले यस्ता गद्दारहरूलाई जनताले बाँकी नराख्ने बताए ।
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य सोनामले राष्ट्रघाती गर्ने जनघातीहरूले
क्रान्ति र विचार वर्ग र जनतालाई धोका दिएको बताए । उनले प्रचण्ड बाबुरामले
क्रान्तिका नाममा गद्दारी गरेकाले क्रान्तिलाई पूरा गर्नु पर्ने कार्यभार
आफूहरूले पूरा गर्ने दावी गरे ।
अनेकोट गाविसको परिसरमा आयोजित सो प्रतिरोध दिवसमा महासंघका अध्यक्ष
ईश्वरचन्द्र ज्ञावालीले राष्ट्रियता र राष्ट्रिय स्वाधीनता प्राप्त नभएसम्म
क्रान्ति पूरा नहुने बताए । उनले गद्दारी गर्नेहरूको कर्तुतबाट
हत्सोत्साहित नभइ क्रान्तिको कार्यभार पूरा गर्न जनता जुटनु पर्ने बताए ।
उनको विचारमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता प्राप्त नभएसम्म
सांस्कृतिक क्रान्ति जारी रहने छ ।
उनले स्पस्ट पारे ।
च्याङ्वा लामासहितका कलाकारहरूको हत्या भएको सम्झनामा सो कार्यक्रम भएको हो
। यस्तै क्रान्तिबाट पदच्युत भइसकेको एकीकृत नेकपा (माओवादी)का नेताहरूले
आयोजना गरेको प्रतिरोध दिवसमा जनसहभागीताको आधार फितलो देखिएको
स्थानीयहरूले बताएका छन् । स्थानीयहरूले जनाए अनुसार एमाओवादीका
कार्यक्रममा थोरै मानिसहरूको उपस्थिति र त्यसमा पनि सो कार्यक्रमबाट
माओवादीको कार्यक्रममा सहभागी भएपछि सो दलका उच्च नेताहरूले सम्बोधन नगरेको
उनीहरूले बताए । सो कार्यक्रममा कृष्णबहादुर महरा र अग्नि सापकोटाले मात्र
सम्बोधन गरेको उनीहरूको भनाइ थियो ।
No comments:
Post a Comment