Wednesday, March 27, 2013

मधेसको असन्तुष्टि मिलाउन एमाओवादीमा छलफल


काठमाडौ, चैत १४- पछिल्लो समयमा पार्टी भित्र देखिएको मधेसको असन्तुष्टि हटाउन एकीकृत नेकपा माओवादीका प्रभावशाली नेताहरुवीच छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बुधबार भएको छलफलमा मधेसका नेताहरु प्रभु साह र रामरिझन यादवलगायतका नेताहरुले पार्टी भित्र मधेसका नेताहरुप्रति विभेद भएको, मधेसी नेताहरु पार्टीको उच्च तहमा पुग्ने बातावरण नबनाएको कारण अलग्गै पार्टी खोल्नु पर्ने विषयमा छलफल गरे पछि सो समस्या समाधानको लागि छलफल भएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।
उनले मधेसप्रति पार्टी संबेदनशिल र सकारात्मक रहेको भन्दै मधेसलाई प्राथमिकता दिन नै प्रचण्डले मधेसबाट चुनाव लड्ने तयारी गरेको बताए । उनले भने–अध्यक्षनै मधेसको नेता भए पछि मधेसलाई सम्मान नहुने कुरै भएन । उनले अवध, भोजपुरा वा मिथिला राज्यबाट अध्यक्षले निर्वाचन लड्ने बताए ।nepal sandesh.com

No comments:

Post a Comment