Thursday, March 28, 2013

देशको ताला चावी फिर्ता नगरी चुनाव हुन दिन्नौँ: नेकपा-माओवादी



पोखरा १५
नेकपा–माओवादीका सचिव देव गुरुङले आज पोखरामा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधानसभाको चुनाव हुनै नदिने बताएका छन् ।
पार्टीको पश्चिमाञ्चल बूरोको बैठकमा भाग लिन आयका गुरुङले पत्रकारहरुको एक प्रश्नको जबाफ दिदै भने यदी कसैले यो चुनाव गरेरै छोड्छु भन्यो भने हाम्रो लाश माथि टेकेर गर्ने हिक्मत हुनु पर्छ | उनको भनाइ थियो जब सम्म नेपलमा नेकपा माओवादी भन्ने जनताको पार्टी रहन्छ तब सम्म नेपाल लाई सिक्किमि करण र फिजिकरण गर्ने कसैको षड्यन्त्र सफल हुँदैन |
चैत १ गतेको सम्झौता बाट नेपालको ताला चाबी भारतले लियको धारणा ब्यक्त गर्दै गुरुङले उक्त कदम बदर् गरी देशभक्त राजनीतिक शक्तिहरुको सयुक्त सरकार गठन नगर्दा सम्म निर्वाचन आयोग लाई अबरोध गर्ने काम जारी नै रहन्छ यो असंवैधानिक सरकारले सुरु गरेको सबै चुनावी प्रक्रिया असफल पार्ने चेतावनी समेत दिय ।
हामीले अहिले निर्वाचन आयोग लाई अबरोध गरेको नभइ राट्रिय स्वाधिन्ताको आन्दोलन लाई अगाडि बढायको बताय यति खेरको कार्यभार भनेको देश बचाउने कार्यभार भयकोले यसो गर्नु उचित हुने उनको तर्क थियो |
उनले अगाडी थपे अर्को संबिधान सभाको निर्वाचन गर्नु भन्दा पहिला बिगतको सन्बिधान सभाको समिक्षा गर्नु पर्ने हुन्छ |
यो देशका चार राजनीतिक दलले उनिहरु भित्र बाट प्रधानमन्त्रीको उम्मेद्वार चयन गर्न नसके पछी अरु राजनीतिक दलहरुलाई बाइपास गरेर निर्दलिय साशन लागु गरी देशलाई २०४७ सालको भन्दा पनि पञ्चायत ब्यबस्था भन्दा पछाडी धकेलेको उनको भनाइ थियो
चार प्रमुख राजनीतिक दलले निर्दलीय सरकार गठन गरेर मुलुकमा जङ्गी शासन लाद्न खोजेको उनको आरोप छ।
क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार शिवराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रूद्र श्रीसमगरले गर्नु भयको थियो ।

No comments:

Post a Comment