सिमाना पिल्लर चोरीदा चुईक्क बोल्दैनन् , सिमानामा नेपाली चेली बलात्कार हुदा थाहै पाउदैनन् , सिमाना मै बाँध बाधेर नेपाली बस्ती डुबाउदा बोल्नै सक्दैनन् , हाम्रै देशमा हाम्रै सन्तानलाई लुम्बिनी भारतमा पर्छ जस्तो राष्ट्रघाती , अपमान जनक , निन्दनीय अपराधीक पाठ्यक्रम पढाउदा रोक्न सक्दैनन् , देशको आन्तरिक मामीलामा देशकै शक्तीहरुलाई बिचार र आस्थाहरुलाई अपमान गरेर बिदेशीको ईसारामा नांगै राजनितीक प्रसासन चलाउछन् लाखौ युवा बिदेशीएका छन् हाजारौ ले बिदेशी भुमिमै रगत बगाएउदा मन दुख्दैन तिनको अझ बिदेशमै राजनितीक पार्टीका संगठन खोलेर बिभाजीत गाराईदिएका छन् तीनै दलका नेताहरु फेरी हाम्रा गाऊमा जाने रे हाम्रो औँठा छाप लीने रे हाम्रा परीवारलाई फेरी लुटको स्वर्गमा मुर्दा साक्षी राख्ने रे फेरी जाली तमसुक(मतपत्र) बाँड्ने रे औठा छाप दिनु पर्ने रे तिनको लुटको स्वर्ग र तिनले गर्ने राष्ट्रघाती जनघाती अपराधलाई बैधानिक गरिदीनु पर्ने रे त्यो हाम्रो अधिकार रे तिनले लुटको स्वर्गमा राज गर्न हामीले औठाछाप लगाउने मात्र कसरी हाम्रो अधिकार भयो ? त्यसैले अब हामी भन्छौ भोट नदिने हाम्रो अधिकार हो , हाम्रो स्वाभिमान हो !!
No comments:
Post a Comment