Saturday, March 30, 2013

बिकृतीहरुको ब्यापार हैन रचनात्मक प्रतिस्पर्धाको आधार बनोस् निर्वाचन

अहिले हाम्रो देश नेपाल अत्यन्तै संकट ग्रस्त अबस्थामा गुज्री रहेको छ । सबैलाई थाहै छ राज्यका हरेक अंगहरु अस्तब्यस्त छन् कर्माचारीतन्त्र , सुरक्षा संयन्त्र मा अनाबस्यक लोकतान्त्रिकरणको नाममा राजनितीक भागबण्डा र राजनितीक चलखेल र त्यसै अनुरुपको संकृण राजनितीक नियत सवारको कारण करिब ध्वस्त जस्तै अबस्थामा छ , बिकास निर्माण , उत्पादन र बितरण का हरेक संयान्त्रहरु राजनितीक भ्रष्ट्रचारका कारण ठप्प जस्तै छन् महँगीले अनियन्त्रीत रुपमा बढी रहेकोछ शिक्षा र स्वास्थ्य जस्ता जनताका नैसर्गिक अधिकार का क्षेत्रमा अनियन्त्रीत ब्यापारी कारणले माफीयाकरणको अबस्था निर्धारण गरेको छ जुन सामाजिक अशान्ती को मुख्य मुद्दा हो किनकी यो स्पस्ट हुने खाने र हुँदा खानेहरुको शिक्षा र स्वास्थ्य जिबन दुई भागमा बिभाजीत भएको छ र हाम्रो जस्तो असमान शिक्षा समान प्रतिस्पर्धा जस्तो अत्याचारी अन्यायी ब्यबस्था भएको देशमा यस्तो बिसयलाई सम्बोधन समाधान गर्नु दिन दिन झन् झन् ठुलो चुनौती बन्दैछ ।

यता कुटनितीक मर्यादाका हिसाबले देश एक नव उपनिवेसीक अबस्थामा पुर्याईएको छ , देशको अर्थतन्त्र बिदेशमा युवाहरुले श्रम गरेर पठाएको रकमको रेमिटान्समा टिकेको छ त्यो बाहेक अर्को स्थायी आधार खडा गर्न सकिएको छैन ,दैनिक हजारौ युवा युवतीहरु बिदेशीनेहरुको लामबन्दी दिन दुगुना रात चौगुना बढी रहेछ , बर्षेनी सयौ युवा युवतीहरु सुन्दर सपनाको कल्पना गर्दा गर्दै बिदेशी भुमीमा अकालमै मृत्यु बरण गर्न बिबस छन् यसको पनि मुख्यकारण राजनितीक बिकृती र बिसंगती नै हो र त्यसको कारण सृजना भएको आम बेरोज़गारी , आम निरासा र बितृष्णा नै हो अर्थात सारमा सासक प्रसासकहरुको राजनितीक बेईमानी अस्थिरता ,र भ्रष्ट्राचार हो !
यी भए देशका सामु देखीएका याबत समस्याहरु जुन समस्याहरुको सफल ब्यबस्थापन गर्नु र देशलाई भौतिक बिकासको चरण अर्थात पूँजीवादी क्रान्तीको चरणमा राष्ट्रिय पुजीपती - आम जनता र सरकारको हातेमालो सहकार्यवाट देशमा तिब्र गीतमा भौतिक पुर्बाधारको बिकास आर्थिक आधारहरुको निर्माण गर्न पर्ने हुन्छ जसले देशलाई स्वाधिन र आत्मनिर्भर बनाउन सकोस् यो नै आम लक्ष्य , चाहाना र सपना हो भने यी लक्ष्य पुरा गर्न चाहिने भनेको त पहिले स्थायी सरकार सबैलाई सम्मान महसुस हुने सम्बिधान कानुन नै हो त्यो सबै प्राप्त गर्न चाहिने पहिलो सर्त भनेको राजनितीक सत्ता नै हो राजनितीक प्रणाली हो सबै कुरा अन्तीममा राजनितीले नै निर्धारण गर्ने हो हामी यही राजनितीक प्रणाली स्थापनाको चरणमा अहिले संक्रमणमा छौ यो संक्रमणवाट पार लगाउने चरणमा बिभिन्न राजनितीक सिदान्तहरु बिच बहस छलफल र बिबाद हुनु स्वभाविक हो तर त्यी बिबादहरु मतभेदहरु साना अस्तित्वमा भए पनि सम्मान गर्न नसक्ने र ठुलो शक्तीले सानो शक्तीलाई बल प्रयोगको मात्र बिधीवाट तह लगाउने , फरक बिचारलाई अपमानित गरेर पोलेर जाने कुरा गर्नु संक्रमणकालीन अबस्था ब्यबस्थापकीय जिम्बेवार र अधिकार सम्पन्न बताउनेहरु हकमा निन्दनिय कुरा हो पेलेर बैधानिक हिंसाक्मक बल प्रयोगले बिरोधीलाई क्षणीक खतम गर्न सकिएला हजारौलाई मारेर जेल कोचेर र बिरोधीलाई दोस दिएर मात्र त माथी उल्लेखित कैयौ समस्याहरुको समाधान गर्न र आम उत्साह जनक नयाँ मार्ग तय गर्न त सम्भव छैन त्यो गर्न नसकीए पछी त कुनै पनि गतीबिधको अर्थ रहदैन त्यसैले नेपालको राजनितीक निकास र शान्तीको लागी राजनितीक बहस र सहमतीको आबस्यक पर्छ जुन कुरा जिम्वेवार र अधिकार सम्पन्न पताउनेहरुले झुकेर सबैको अस्तित्व स्विकार गरेर सबैलाई बहसको टेबुलमा खडा गराएर न्युनतम सहमतीको बाताबरण आबस्यक पर्छ र त्यो न्युनतम बिधीमा सहमती भए पछी त्यही बिधी त अन्ततः जनमतकै आधारमा सरकार निर्वाचित गर्नु हो यसमा कसैको दुई मत छैन तर कसैलाई तिरस्कार अपमान र बल प्रयोग गरेर स्वघोषीतहरुले ज़बर्जस्त भागबण्डा गरेर हामीले निर्णय गरेका छौ तिमीले माने मान नमाने नमान भनेर अन्य राजनितीक शक्तीहरुलाई असंबैधानीक तरीकाले थोपर्नु लोकतान्त्रिक सिद्धान्त संग पक्कै मेल खाने कुरा हैन र पनि आफुलाई जबर्जस्त लोकतान्त्रीक बैधानिक सत्ताका सर्वेसर्वा र अन्य बिचार आस्थाहरु नगण्य र अबैध देख्ने सर्वसत्तावादी र अधिनायकवादीहरु दल चिन्तन र बिचार नै माथी उल्लेखित बिकृती बिसंगती र आम पिडाका जिम्वेवार मुख्य अभियुक्तहरु हुन् जनताको हकमा भन्नु पर्दा !

अहिले फेरी तिनै दल , अस्तित्व , नियत , स्वार्थ र शक्तीहरुले संक्रमणकालीन अन्तरीम संबिधानमा बलात् सर्बेसर्वा घोषित गर्दै संविधानका कैयौ बुँदाहरुमा राष्ट्रपतीको साहारामा कथित बाधा अड्काउ फुकाउको प्रयोग गर्न सहमती भन्ने सर्बभौम शब्दको अपब्याख्या गर्दै बहुदलीय ( ४ मात्र हैन ) ब्यबस्थामा चारले मात्र भागबण्डा गरेर एक निर्दलीय चुनावी सरकारको निर्माण गरिएको छ फेरी संबिधान सभा निर्वाचन गर्ने घोषणा गरीएको छ निर्वाचन गर्ने कुरा जनमत लिने जनताको धारणा बुझ्ने जनतालाई निर्णय गर्न दिने भन्ने कुरा आफैमा नराम्रो कुरा हुदै हैन जनमत र जननिर्वाचीत सरकारद्वारा सासन नै लोकतन्त्रको सौन्दर्य हो तर हाम्रो परिस्थीती सरकार निर्माणको मात्र कुरामा अड्किएको छैन मुख्य कुरा त सर्वमान्य संबिधान निर्माण को कुरा हो मुख्य कुरा त राज्यको पुन:संरचना गर्ने कुरा हो जुन कुरा बिगतको संबिधान सभाको को २ बर्ष अवधीलाई ४ बर्ष सम्म तान्दा पनि निर्णय हुन नसकेको कुरा हो र त्यो बिबादलाई आगामी निर्वाचनले समाधान गर्ने ग्यारेण्टी नगरी गरीने चुनावले कसैलाई सत्ता प्राप्त त होला तर माथी उल्लेखीत समस्याहरु समाधान गरेर नयाँ उर्जा देश र जनतालाई दिन सक्छ की सक्दैन ? सक्छ भने कसरी ? स्पस्ट नपारी मतको लागी मतदान औपचारिकता मात्र मतदान हुने भयो भने के अर्थ राख्ला ? त्यसैले अब हुने निर्वाचन बिगतमा जस्तै लुटको राज्य निबिकरण गर्ने बिकृती र बिसंगतीमा जनतालाई मुर्दा साक्षी बनाउने जाली तमसुक नबनोस् मत पत्र !त्यस्तो नहुने आधारको ग्यारेण्टी गरीयोस् ! फेरी पनि झुटा अस्वासन बाड्ने र झुक्काउने पुरानै आफैले खडा गरेको बिकृतीको ढल देखाएर त्यसैको ब्यापार गर्न अर्को पक्षलाई आरोप प्रत्यारोप गर्ने जनता छल्ने झुटको खेती नबनोस् निर्वाचन ! अरुको भण्डाफोर नभएर आफुले सरकारमा बसेको बेलामा के गरीयो त्यो बताउदै जनताका आम समस्या र बिकृतीको ब्यापार हैन माथी उल्लेखीत समस्याहरु समाधानको लागी सिर्जनात्मक काम गर्ने प्रतिस्पर्धा को आधार बनोस् आगामी निर्वाचन ! जनताका सबै बिचार र आस्था राख्ने जनताको दुख पिडा को सम्बोधन गर्न सक्ने देशलाई संबैधानिक निकास दिने कोसेढुंगा बनोस् निर्वाचन अन्यथा कसैको सत्तारोहण र राज स्थापित मात्र गर्ने जनता मुर्दा साक्षी बनाउने उद्देश्यमा मात्र गरीने चुनाव लोकतन्त्रको सौन्दर्य बन्न सक्ने छैन ,अर्थात औपचारिकता बाहेक केही हुने छैन !! सम्बन्धित सबै नेता कार्यकर्ता सासक प्रसासकहरुको ध्यान जाओस् यही छ कामना !!

No comments:

Post a Comment