Saturday, May 18, 2013

प्रचण्डको युज एण्ड थ्रो को सिद्धान्तमा अबका सिकार सागर !

काठमाडौं। छोटो समयमा नै प्रशस्त दाम र नाम कमाउन सफल भएका वाइसीएसल नेता अब आफ्नौ अध्यक्षविरुद्ध लड्ने भएका छन्। विभिन्न आरोप लगाउँदै प्रचण्डले उपत्यका संयोजकको जिम्मेवारीबाट मुक्त गरेपछि उनी प्रचण्डविरुद्धको लडाइँको तयारीमा लागेका हुन्। कुनै दिन प्रचण्डका बिश्वासपात्र मानिने सागर अहिले प्रचण्ड सबैभन्दा ठूला दुश्मन बन्न पुगेका छन्। वाईसीएलका अध्यक्ष गणेशमान पुनलाई समेत छाँयामा पार्ने चर्चा कमाएका सागरको प्रचण्डसँग पैसाकै कारण दुश्मनी सुरु भएको स्रोत बताउँछ। प्रचण्डको नामका पैसा उठाएर नदिएपछि विवाद भएको हो। विवाद बढ्दै जाँदा प्रचण्डले उनलाई आफ्नो निवासमा निषेध गरेका थिए।
हेटौंडा महाधिवेशनमा प्रचण्डविरुद्ध सबैभन्दा चर्को बोल्ने व्यक्ति पनि उनै सागर बन्न पुगेका थिए। त्यही रिसका कारण पनि प्रचण्डले उनलाई जिम्मवारी मुक्त गरेका हुन्। स्रोतका अनुसार सागरलाई यसरी हटाउनमा प्रचण्डका बिश्वासपात्र पहिला भक्तपुरका वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ को पनि महत्वपूर्ण भूमिका छ। दीपशीखा र सागरबीच लामो समयदेखि लडाइँ छ। दुवै जना प्रचण्ड निकट
हुँदा पनि उनीहरूबीच दुश्मनी थियो। पछि सागरका कतुर्तहरूबारे उनै दीपशिखाले प्रचण्डलाई कुरा राखेर आफू निकट भएका थिए।
प्रचण्डले साथ दिन छाडेपछि सागरले गत वर्ष बेरोजगार युवा संघ खोलेर त्यसको अध्यक्ष भएका थिए। पार्टीसँग कुनै सल्लाह नै नगरी त्यसरी संघ खोलिएको भन्दै हेटौंडा अधिवेनशनमा त्यसको चर्काे बिरोध भएको थियो।
अब जिम्मेवारीबाट समेत मुक्त गरिदिएपछि सागर पार्टी नै छाड्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ। बेरोजगार युवा संघमार्फत नै पैसा उठाउने र नयाँ पार्टी खोल्ने उनको तयारी छ। सकेसम्म पार्टीका अन्य नेताको पछि लागेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा लागे पनि उनी त्यसमा सफल हुन सकेका छैनन्।
गुल्मीमा आफ्नो राजनीतिक गुरु गोकर्ण बिष्टलाई हराएर चर्चा कमाएका सागर रेखा थापासँग भाइटिका लगाएर पनि चर्चामा आइरहन्थे।  


Tuesday, May 14, 2013

एमालेका बिरुद्ध लेखीएका पत्रीका नपढ्न ओलीको उर्दी

कान्तिपुर नपढ्न नोकरहरुलाई ओलीको उर्दी
बिर्तामोड,बैशाख ३१
नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले आफ्ना कार्यकर्ता(दास)हरुलाई कान्तिपुर नपढ्न उर्दी जारी गरेका छन् । आफ्नो गृह जिल्ला झापाको विर्तामोडमा आयोजना गरिएको पार्टीका दासहरुको भेलालाई सम्बोधन गर्दै नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको विषयमा आफूलाई कान्तिपुरले एकोहोरो रुपमा खेदेको टिप्पणी गर्दै आफ्ना नेतालाई गाली गर्ने पत्रिका नपढ्न यस्तो उर्दी जारी गरेका हुन् ।
उनले लोकमानसिंह कार्कीको नियुक्तिका लागि आफूले प्रस्ताव गरेको भनी माओवादीको भाषा बोलेर कान्तिपुरले एमाले विरुद्ध गलत प्रचारबाजी गरिरहेको दाबी पनि गरे । नेता ओलीले लोकमानसिंह कार्कीको नियुक्तिको प्रस्तावक आफू कहिले पनि नरहेको र सो विषयमा भएका कुनै पनि बैठकमा आफू सहभागी नभएको दाबी गर्दै सो विषयमा कान्तिपुरले आफूलाई केही सोधे पनि आफ्नो कुरा नराखी माओवादी कै भाषा बोलेको आरोप पनि लगाए ।  
ओलीले भने,¬कान्तिपुरले छापेर पठाउछ, हाम्रा दासहरु त्यही पढेर छाती पिटीपिटी रुन्छन् । दासहरुको काम औँला उठाउने हैन खुरु खुरु पार्टीका माथील्ला बराजुहरुले भनेको मान्ने हो ।ओली ले भने 
लोकमानसिंह कार्कीको नियुक्तिमा पार्टीका अध्यक्ष र उपाध्यक्षले गल्ती गरेको विषयलाई पार्टी भित्र गम्भीर बहस र छलफलको विषय बनाइएको भएपनि अब त्यही कुरालाई लिएर सँधैभरी कचकच गरिरहनु उपयुक्त नहुने ओलीको भनाई थियो । ओलीले भने माओवादीले लोकमानसिंहलाई आफ्नो ठानेर व्यवहार गरिरहेको छ, हामी भने सँधैभरी विरोधै मात्र गरेर बसिरहनुको कुनै तुक छैन ।
 ओलीले कान्तिपुरसँगै नेपालका केही ठूला मिडिया र बुद्धिजीवि भनाउँदाहरुले आफूहरुलाई बदनाम गराउन कुचेष्टा गरेको आरोप पनि लगाए । नामै किटेर ओलीले भने आफूलाई महान बुद्धिजीवि ठान्ने कनकमणि दिक्षितहरुले अफवाह फैलाएर के हुन्छ र ? ओली भन्छन् कनकमणी बैंगनी रहेछ कुकरलाई घिउ पचेन कनकमणीलाई पालन पोषण र संरक्षण गर्ने मैं हुँ आज मेरै बिरुद्ध लाग्दैछ ? भन्दै खेद ब्यक्ती गरे