Saturday, June 15, 2013

ताकत भए गराए हुन्छ चुनाव हामी हातमा दही जमाएर बसेका छैनौँ

ताकत भए चुनाव गराए हुन्छ, हामि पनि हातमा दहि जमाएर बसेका छैनौः गुरुङ

  
काठमाडौ, १ असार । नेकपा–माओवादीका सचिव देब गुरुङ ताकत भए आफूहरुलाई बाईपास गरेर निर्वाचन गर्न चुनौति दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने– म चुनौति दिन चाहन्छु । ताकत भए सरकारले हामिलाई बाईपास गरेर चुनाव गराए हुन्छ । हामि पनि हातमा दहि जमाएर बसेका छैनौ । हामिलाई बाईपास गरेको परिणाम भविष्यले देखाउँछ ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा सचिवले गुरुङ जवरजस्ती फासिबादी ढंगले सरकार एकलौटी ढंगले निर्वाचन गर्न खोजे मुलुक फेरि द्धन्द्धमा फर्कने चेतावनी दिदै अर्थ हिन निर्वाचनका विरुद्ध जुनसुकै कदम चाल्न समेत तयार रहेको स्पष्ट पारे ।
उनले भने–फासिबादी, तानाशाही र विदेशीको आडमा नेपालीलाई दास बनाउन गरिने निर्वाचनको औचित्य छैनौ । हामि सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुन दिन्नौ जनविद्रोह गर्छौ ।
निर्वाचन किन भन्ने उद्देश्य प्रष्ट नभएको ले यो निर्वाचनको कुनै अर्थ नभएको भन्दै दलहरुको सहमति र विधी सम्मत ढंगले अघि बढेमात्रै निर्वाचन हुन सक्ने ठोकुवा गरे । उनले भने– अन्तरिम संविधानलाई ध्वस्त बनाएर गरिने निर्वाचनले संविधान बनाउँछ भनेर विश्वास गर्न सकिदैन ।
उनले १० प्रतिसतमात्रै कायम रहेको अवस्था फेरि पुरानै ढंगको निर्वाचन गर्नुको औचित्य नभएको भन्दै गोलमेच सम्मेलन मार्फत पूर्ण समानुपातिक प्रणालीबाट एक डेढ सयको संख्यामा मात्रै निर्वाचन गर्नु पर्ने प्रस्ताव गरे । चुनावको मुखमा नागरिक वितरण गरेर नेपालीलाई अल्मतमा पार्ने खेल भएको भन्दै अहिलेको निर्वाचन विदेशीको ईशारामा नेपालीलाई अल्पमतमा पार्न गर्न लागिएको दावी गरे ।