Wednesday, March 27, 2013

निरपेक्ष निर्वाचन मात्रै सबै कुराको समाधान हैन !

निरपेक्ष चुनाव नै सबै हैन चुनाव हामीलाई भन्दा धेरै बिदेशीलाई चाहिएको छ किनकी यथास्थीतीमा कसैले बहुमत ल्याउने अबस्था छैन कोही ठुलो सानो मा फरक आए पनि यसको सिधा अर्थ हो अस्थिरता को नबिकरण र राष्ट्रघातको कानुनी र बैधानिकीकरण त्यसैले चुनाव नै सबै हो भन्ने भ्रम नपाल्नु राम्रो होला नेता उहि बिचार उही लम्पासार पर्ने लेण्डुप प्रबृत्ती उही संकृण रुढीवादी राजनितीक चेतना जनतामा उही अनि आउने परीणाम यही हो हुने यही हो बरु यस्तै अबस्थावाट गोलमेच सम्मेलनको आयोजना गरेर सबै शक्ती बिचार चेतना स्वार्थ र दलहरु बिच माहान बहस गरेर बिचार मन्थन गरेर शाझा निस्कर्षमा पुगौ भन्नु के गल्ती भयो ?

जनमतलाई मुठ्ठीभर टाउकेहरुले ह्विप नामको बिषालु संाग्लोले वाधेर गर्ने निर्णय भन्दा गोलमेच बहस कैयौ गुना लोकतान्त्रिक हो र धेरै बहस भयो भने सबैको साझा दस्तावेज़ लेख्ने काम सकिन्छ र देश भौतिक बिकासको चरणमा प्रबेश गर्ने छ र बिकास योजना चुनावी एजेण्डा बन्ने छन् भौतिक बिकास चुनावी प्रतिस्पर्धाको एजेण्डा बन्ने र बिकास प्रतिस्पर्धामा जनमतको आधारमा नेतृत्व गर्ने छन् राजनितीक मुद्दा चुनावी मुद्दा बन्ने छैन राजनितीक संघर्ष को औपचारिक अन्त्य गर्दै भौतिक बिकासको चरणमा देश प्रबेश गर्ने छ र जनताले राजनितीक मुद्दा धेरै बुझ्दैनन् तर भौतिक बिकास सबैले देख्ने छन् र सहि मुल्याङ्कन गर्दै आफ्नो नेतृत्व उत्पादन हुनेछ देश बिकासको पूँजीवादी प्रकृयामा प्रबेस गर्ने छ जनताले राजनितीक मुद्दाको लागी अधिकारको लागी सरकारी बन्दुकको गोली पिएर बलिदानी दिनु पर्ने छैन जनतासंग देशले पसिनाको मात्र माग गर्ने आह्वान गर्ने र लोकतान्त्रिक बिधीवाट देशको स्थायी सरकार दलहरुवाटै जनताले राम्रो कामको आधारमा मुल्याङ्कन गरेर सत्ता सुम्पने र सम्बृद्धीको दिसामा अगी बढ्ने स्थीती आउने छ !

No comments:

Post a Comment