Friday, April 12, 2013

हतियार किन्ने सरकारी निर्णय आबस्यकता कि शासकिय अपराध ?

आज देश संक्रमणकालीन अबस्थामा गुज्रिरहेको छ नेपाली जनताको लामो र उच्च बलिदानी पुर्ण संघर्षको परिणाम स्वरुप देश यो अबस्थामा आएको छ बर्षौ पुरानो सामन्ती राजतन्त्र ढलेको छ देशमा गणतन्त्र स्थापना भएको छ सिद्दान्तत: जनताका छोरा छोरी पनि राष्ट्र प्रमुखमा प्रतिस्पर्धा गर्न सक्ने अधिकार नेपाली जनतामा आएको छ जुन हाम्रो पुस्ताको लागी अत्यन्तै गर्बको बिसय हो यो माहान उपलब्धी पनि हो जुन प्राप्त गर्न राजतन्त्रको रक्षार्थ बैधानिक सत्ता र सेना बाट चलाईएको बैधानीक हिंसामा नेपाली जनताले धेरै ठुलो मुल्य चुकाउनु परेको छ हजारौ मारीए हजारौ अंग भंग भए हजारौ टुहुरा टुहुरी बेसाहारा भए हजारौका घरहरु जलाईए हजारौलाई बलात्कार गरीयो हजारौ दानवीय यातनाको सिकार भए तर पनि जनता हरतरहका संघर्षको मोर्चामा बिरहरु हिम्मत नहार्नाले देशमा गणतन्त्र स्थापना को अभियान सफल भयो जुन कुरा उपलब्धी कै रुपमा मान्नु पर्छ

तर के गणतन्त्र नै सबै कुरा हो त ? अबस्य पनि गणतन्त्र मात्र सबै कुरा हैन जब सम्म जुन सुकै राज्य ब्यबस्थाले पनि आम जनता बिशेषत: सबै भन्दा कमजोर र बिपन्न जनताको जिवन स्तरलाई फरक पार्न सक्दैन आधार भुत बर्गका जनताको भावना आबस्यकता र जिबनस्तरको सम्बोधन गर्न सक्दैन तब सम्म त्यो जती गणतन्त्र ,लोकतन्त्र र शान्तीको कुरा गरे पनि राष्ट्रमा शान्ती स्थापना हुन सक्दैन त्यसैले आजको आम नेपालीको चाहाना भनेको दिर्घकालीन शान्ती हो राष्ट्रिय एकताको शान्ती हो राष्ट्र निर्माण गर्न राष्ट्रिय एकता सहितको उर्जासिल अभियान सहितको शान्ती हो त्यस्तो प्रकारको शान्ती आम चाहना हो जनताले बसेर खान मागेका छैनन् तर काम गरेर खान पाउने ब्यबस्था चाहेका छन् आफ्नै देशमा बसेर सबैले समान शिक्षा स्वास्थ्य जस्ता नैसर्गिक अधिकार को सम्मान सहितको राज्य ब्यबस्था चाहेका छन्
भनिन्छ देश अहिले एउटा शान्ती प्रकृयामा छ के हो त शान्ती प्रकृया भनेको ? कसरी सम्पन्न हुदैछ त नेपालको शान्ती प्रकृया ? के यो प्रकृया र अहिलेकै बिधीवाट देशमा दिर्घकालीन शान्ती स्थापना हुन्छ त ? यो अहिलेको आम चासोको बिसय हो भने यो प्रकृयाको समापन पछी के देशमा दिर्घकालीन शान्ती स्थापना हुन्छ त ? यो आम चिन्ताको बिसय हो आम चासोको बिसय हो यी आम चासो र चिन्ताको बिषयलाई नेपाली सासक प्रसासकहरुले कसरी सम्बोधन गर्न सक्छन् राज्य सत्ता र त्यस्को वरीपरी रहनेहरुले कस्तो हरकत गर्छन् त्यसैको आधारमा देशमा दिर्घकालीन शान्ती स्थापना हुने नहुने निर्भर गर्दछ उनिहरुनै अन्तिम जिम्वेवार हुन् यदी सासक प्रसासकहरु माथी उल्लेखीत जन चाहना र आधारभुत बर्गका नैसर्गिक अधिकारहरुलाई सम्बोधन गर्न सके सम्बोधन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरे भने निस्चितै उनिहरुले फलाक्ने शान्ती ब्यबहारमा स्थापित हुने हो तर यहाँ उल्टो भई रहेछ उनिहरु राजतन्त्र फालीए पनि त्यही नेता त्यही प्रबृत्ती ,उही कर्मचारीतन्त्र उहि अदालत उहि , उही कानुन , उही सोच उस्तै स्वार्थ र उहि चिन्तनको कारण जनताको चाहाना र सपनाहरु पुरा गर्न मुख्य समस्या आई रहेको छ हुनत यो यी माथी उल्लेखीत बिसयहरु सम्बोधन गरेर नयाँको जन्म दिने प्रसवको अबस्था भएकोले यो अबस्थालाई संक्रमणकाल भनिएको हो यसमा परिबर्तनकारी र पुनर्उथानवादीहरु बिच बैचारीक राजनितीक संघर्षको समय हो भने अर्को तिर परिबर्तनकारी र परिबर्तन बिरोधीहरु बिच अथवा नयाँ अर्थात माथी उल्लेखीत आधार भुत जनताका मागहरु सम्बोधन गर्ने राज्य ब्यबस्था निर्माण गर्न संघर्ष गर्ने जनता र सासकहरु बिच चलेको संघर्षको युद्द बिरामको अबस्था हो जसलाई शान्ती प्रकृया भन्ने गरिएको छ यसरी देश संक्रमणकालीन शान्ती प्रकृयामा रहेको बेला फेरी तिनै पुराना प्रबृत्ती पुराना नियती भएका सासक प्रसासकहरु पुरानै युद्दकालीन मनोबृत्ती र हतियार खरिदको कमिसन कमाउन सरकारलाई पटक पटक हतियार खरिदको खरिदको लागी दवाव दिने र हतियार खरिदको कमिसन खान पल्लकेका सासकहरु प्रशासकहरु पुन: देशलाई युद्दको मैदानमा परिणत गर्ने र सुरक्षा खतराको नाममा बैधानिक सत्ता को दुरुपयोग गरेर देश लुट्ने कुटिल योजनामा देखिन्छन् र कमिसनकै लागी हिंसा भड्काउने खालको एक प्रकारको हिंसा मोह देखिन्छ त्यसैले ति रक्तपिपासु युद्ग दलालहरुले अहिलेको संक्रमणकाल , शान्तीप्रकृयाको संबेदन सिलता र देशको जनताको आबस्यकतालाई थाती राखेर लगातार कुनै आबस्यकता र महत्व हिन हतियार खरिदमा तल्लिन छन् देशको आबस्यकता एका तिर छ शिक्षा र स्वास्थ्य जस्ता नैसर्गिक अधिकारवाट जनता बञ्चीत छन् , पस्चिमेलीहरु हैजाको उपचार नपाएर बर्षेनी कैयौ मर्न बाध्य छन् , सुदुरपस्चिममा भुकमरीले पिरोली रहेको छ सयौ भोकभोकै मर्न बाध्य छन् जनता , मधेशमा बर्षेनी सयौ बस्तीहरु डुबानमा पर्दा समयमा उद्गार नभएर हजारौ पिडीत भई रहेका हुन्छन् देशमा मल उद्योग नहुनाले कृषकहरु पलायन हुदैछन् उत्पादन खस्कदो छ देशका कच्ची सडकहरु बर्षाका कारण बन्द हुन्छन् , देशका उद्योग धन्दाहरु आर्थिक संकटले बन्द भईरहेछन् जनतालाई चामल र सिटामोल चाहिएको बेलामा तिनै जनता दबाउन दमन गर्न देशको आबस्यकता बिपरीत जनताको भावना बिपरीत तिनै भोका नांगा जनताहरुलाई मार्न हतियार र सुखसयल गर्न करोडौका प्राडोहरु किनेर ऋणको भारी बोकाउने कस्तो मुर्खता पुर्ण र गैरजिम्वार काम ? जुन बिधी पुराएर अनाबस्यक कुरामा देशको ढुकुटी खर्चनु पनि दुरुपयोग नै हो यसरी दुरुपयोग गर्नु अपराध हो त्यसैले हाम्रो जस्तो गरिब देश त्यसैमाथी थुप्रै अन्य मानवीय आबस्यकताहरु बिध्यमान भएको देश र लामो समय देखी सामन्ती सत्ताको शोषण अत्याचार र दमनले प्रताडित जनताहरु भएकै कारण ब्यापक असन्तुष्टीको कारण बिस्फोट भएको देशमा सासकहरुले फेरी पुरानै सामन्ती रबैया गरिरहने हो भने गरिब जनताको करवाट जम्मा गरेको ढुकुटी जनता मार्ने बन्दुक किन्न देशको पैसा दुरुपयोग गर्ने हर्कतबाट स्पस्ट हुन्छ अपराधीक सत्ता , सासक प्रसासकहरुमा अझै पनि हिंसा मोह छ अझै पनि रक्त प्यास बाँकी छ भन्ने बुझ्नीन्छ उनिहरु बन्दुककै बलमा अझ ब्यापक लुट मच्चाउन चहान्छन् नभए उनिहरु यस्तो गैरजिम्वेवार अपराध गर्न तिर लाग्ने थिएनन् सेनालाई हतियारले लैस गराउनु आजको आबस्यकता हैन बरु तिनै सेनालाई राष्ट्र निर्माण जनसेवामा लगाउन सडकहरु बनाउन दोजर लगाएत औजारहरु किन्नु पर्ने हो दैबि प्रकोप उद्दारको लागी बारुण यन्त्र लगाएत भौतिक सामानहरु किन्नु पर्ने आबस्यकता छ तिनकै काठमाडौ फोहरले दुरगन्धित छ त्यही फोहर ब्यबस्थापन गर्ने ट्रकहरु किन्नु पर्ने छ जनता पानी पिउन नपाएर तड्पिएका छन् काठमाडौ मै ट्याङकरहरु किन्नु पर्ने आबस्यकता छ जो जनजिबन संग प्रत्यक्ष आबस्यक छन् जसको प्रयोगले जनताले राहात महसुस गर्न सक्छन् यी यावत लथालिंग देशका आबस्यकतालाई थाती राखेर सासकहरु मान्छे मार्ने बन्दुक किन्ने तयारी गर्दै छन् जुन देश र जनताको लागी कुनै पनि कोणबाट अर्थ लगाए पनि जरुरी छैनन् फजुल दुरुपयोग र एक प्रकारको अपराध नै हो तै पनि ती मुर्ख सासक प्रसासकहरुमा किन होला यती गम्भिर प्रकृतीको बैधानिक हिंसा मोह र हतियार मोह ?

सबै नेपालीहरुले बिडम्वना नै मान्नु पर्छ अहिले देशमा कार्यकारी प्रमुख न्यायाधिस छन् तिनै न्यायाधीसको मन्त्री परीषदले भारी हतियार किन्ने निर्णय गरेको छ जिबन भर न्याय मुर्ती जस्तो हरेक अन्याय अत्याचार दुरुपयोग जस्ता मुद्दाहरुको अन्तिम छिनोफानो गर्ने मान्छे न्याय भनेको सामनताको अर्को प्रायबाची पनि हो त्यस्तो समानता र न्यायका मुर्ती भनिने न्यायाधिस नै यस्तो देशको अबस्था भोका रोगी जनताको अबस्था र आबस्यकतालाई कुल्चेर जनताको आबस्यकता माथी अधिकार माथी कुल्चेर अनाबस्यक ऋणको भारी तिनै जनतालाई बोकाएर हतियार किन्दैछन् जुन हतियार र सेनाले न देशको सिमा पिल्लरहरुको सुरक्षा गर्न सक्छ न कुनै बैदेशिक लडाई नै लड्नु छ तै पनि अर्थ न बर्थको एका एक हतियार मोह बैधानिक हिंसा मोह देखाई रहेछन् फासीवादको नमुना बन्ने कुचेस्टा गर्न लागेछन् र भ्रष्ट युद्द पिसासु प्रसासकहरु सामु लम्पासार निरीह भएका छन् जुन निर्णयले यता तिर यत्रो आबस्यकता र उत्पिडनको पिडा छ त अर्को तिर राज्यले अनाबस्यक काममा बिदेशी हतियार ब्यापारी दलालहरुको योजनामा आखा चिम्लेर पैसा को दुरुपयोग गरेको छ जस कारण पिडीत जनताहरु सासक प्रसासकहरु प्रती आक्रोस पैदा गर्छ आखै अगाडी लुटीएको कस्ले पो सहन सक्छ र ? अधिकारको लागी संगठित हुनु बिद्रोह आन्दोलन गर्नु बिबसता बन्न पुग्छ जसलाई फेरी तिनै सासक प्रसासरहरु सुरक्षा खतरा देख्दे दमनमा उत्रने हत्या दमन गर्न स्थितीको सृजना हुन्छ तिनीहरुको शान्ती पुर्ण लुटको राज्यमा अशान्ती महसुस हुन्छ भोका पेटहरु बिरामी सरिरहरुको पिडा बेरोजगारी को पिडामा रमिते बनेर सासकहरु जब राज्य स्रोत र सक्तीको दुरुपयोग लुट र दमन गर्छन् तब जनता तिनको आडम्बरी कानुन र सासनलाई चुनौती दिदै बिद्रोह उत्रने छन् जुन बिद्रोह प्रतिरोध र हिंसाको मुख्य कारक सासकहरु नै बन्ने छन् त्यसैले न्यायाधिस रेग्मी -चार दलिय गठबन्धन का सासक प्रसासकहरुले बेलैमा सोच्नु पर्छ बुझ्नु पर्छ यदी उनिहरु साच्चै लोकतान्त्रीक हुन् भने सामाजिक न्याय , राज्य सक्ती स्रोत को आबस्यकतामा सदुपयोग , जनताको अघिकार आबस्यकता र अधिकारको सम्मान गर्न सक्नु पर्छ ।
यदी उनिहरु त्यसो गर्न नचाहेर ब्यक्तीगत लुटको राज्यलाई बैधानिक बन्दुक र कानुनको आधारमा सासन सत्ता सम्हाल्ने कानुनको नाममा बिगतमा जस्तै जनताका नैसर्गिक अधिकारहरु माथी बर्गीय बिभेद र शोषण दमनहरु कायम गरे भने उनिहरु जती सुकै सशस्त्र भए पनि दबाउन सक्ने छैनन् बिभेद ,आक्रोस र दमनको योग फल बिद्रोह र बिग्रह नै हुने निस्चित छ सानो भावनात्मक भड्कावले पनि बिग्रहको रुप लिएर एउटा बर्गको जिवन सैलीमा अशान्ती निम्तीउने छ भोका पेटहरु नांगा सरिरहरु मुर्दा शान्तीको मन्त्र जपेर ध्यानमा बस्न सक्दैनन् आफ्नो र संतानको भबिस्यको लागी मुक्ती या मृत्युको लडाई लड्ने छन् भोकै मर्ने जिबनहरु लडेर फाल्ने छन् र लुटको राज्यमा आतंक मच्चाउने छन् जति लोकतन्त्र फलाके पनि बास्तबिक आदर्श लेकतन्त्र नपाए फेरी तिम्रो मुखार बिन्दवाट आतंकवादी सम्बोधीत हुन तयार हुने छन् फेरी तिम्रा हजारौ मानव बधसालामा तिम्रो सिकार हुन र तिम्रो रक्त प्यास मेटाउन तयार हुनेछन् तर तिम्रो लुटको राज्यमा आगो झोस्ने छन् लुटको एेस आरामको स्वर्गमा दुरगमवाट आएर आतंक मच्चाउने छन् त्यसैले माथिल्लो सासक प्रसासक बर्ग ले बाबुराम भट्टराईको भाषामा भन्नु पर्दा आफु सिसाको घरमा बस्ने रहर पुरा गर्नु छ भने सबै भन्दा पहिले वारीपरी हातमा ढुङगा लिएर बसेकाहरुका भोका नांगाहरुको बारेमा सोच्नु पर्छ त्यो बर्गको जिबन फेर्ने बारे सोच्न जरुरी छ अन्यथा ढुंगा उठाउने बर्गयीय आक्रोसलाई अपमान गरेर तिरस्कार गरेर आफनो रहर मात्र पुरा गर्न खोज्नु मुर्खता मात्र हो त्यो मानव समाजको नियम हो जुन राज्यकोकानुनी ब्यबधानहरु र जस्तासुकै हतियारले लैस हिंसात्मक फौजले रोक्न र छेक्न सक्दैन !!
भ्रष्ट्र र मुर्ख सासक प्रसासकहरुलाई चेतना होस्
अन्तमा पुन: एक पटक हतियार हैन निर्माणका औज़ार किन !
हतियार किन्ने पैसाले सयौ रोजगारी आधारहरु खोज !!
हतियार किन्ने पैसाले दुर्गमका गरिब जनताका लागी सिटामोल र कापी कलम किताबहरु किन !!
हतियार आजको आबस्यकता हैन उर्जासिल राष्ट्रिय एकता सहितको न्यायीक शान्ती आजको आबस्यकता हो !!

Wednesday, April 10, 2013

कोरिया बिभाजनको नाली बेली :- वासुदेव मिश्र

वासुदेव मिश्र

फेब्रुअरी १९४५ मा स्टालिन, रुजवेल्ट र चर्चिलबीच भएको याल्टा सम्मेलनमा सोभियत पक्षले एशिया र युरोप दुबै महादेशमा “वफर जोन” को माग गर्यो । यसको अलावा चीनमा सोभियत हितलाई ध्यान दिनुपर्ने र बदलामा जर्मनीलाई परास्त गरिसकेपछि सोभियत संघले जापानविरुद्ध युद्धमा प्रवेश गर्नुपर्ने सहमति भयो । १० अगष्त १९४५ मा अमेरिकी सरकारले सोभियतहरुले प्रस्ताव स्वीकार्लान् अथवा नस्वीकार्लान् भन्ने द्विविधासहित अर्को प्रस्ताव अघि सार्यो ।
एक महिनाअघि नै अमेरिकी कर्णेल डिन रस्क र वोनस्टिलले आधा घण्टाभन्दा पनि कम समय लगाएर खिचेको ३८ समानान्तर रेखालाई आधार मानेर कोरियाको विभाजन गरिने, उक्त रेखाभन्दा उत्तरमा रहेका जापानी फौजलाई सोभियत संघ सामु र दक्षिणमा रहेका फौजहरुलाई अमेरिकी फौज सामु आत्मसमर्पण गराइने, सम्वन्धित भूभागलाई आ-आफ्नो प्रभाव क्षेत्र कायम गर्ने बुँदाहरु उक्त प्रस्तावमा थियो ।

अमेरीका र उत्तरकोरीयन अधिकारीहरु बिच अमेरीकामा गोप्य बार्ता भएकोछ !!

White House has message for North Korea

Washington - U.S. and North Korean officials met secretly in New York in the days before North Korea's latest round of threats and provocations, although nothing came of the meeting, according to a source familiar with the matter.

Tuesday, April 9, 2013

उत्तरकोरीयाद्वारा बिदेशीहरुलाई दक्षिणकोरिया छोड्न चेतावनी !


North Korean rhetoric has been increasingly bellicose
North Korea has warned foreigners in South Korea to take evacuation measures in case of war.

This comes amid growing concern that the North may be about to launch a missile test.

Pyongyang has been making bellicose threats against South Korea, Japan and US bases in the region.

Japan has deployed defensive anti-missile batteries at three locations in Tokyo, to protect the capital's 30 million residents.

Monday, April 8, 2013

म संसदिय राजनिती सिक्दैछु :- प्रचण्डको पढ्नै पर्ने अन्तरवार्ता


त्यस्तो होइन । साँच्चै भन्नुहुन्छ भने म यो प्रतिस्पर्धात्मक राजनीतिका सबै उतारचढावहरू सिक्दैछु । दश वर्षसम्म अर्कै प्रक्रियामा रहेका हाम्रा निम्ति यो प्रक्रियाका ‘डाइनामिक्स’हरु नयाँ छन् । एकदमै छोटो समयमा प्रतिस्पर्धात्मक राजनीतिमा आयौं, सरकारमा पुग्यौं र बाहिरियौं । सत्तामा गएर के के न गरौं भन्ने छैन । मलाई सत्तामा जाने हतारो भन्दा पनि यसका ‘डाइनामिक्स’हरु बुझ्नु छ ।