Friday, April 19, 2013

राष्ट्रिय स्वाभिमान , जिम्मी कार्टर र नेपाली सासक प्रशासकहरु ।

भनिन्छ सारा बिस्व हामी र हाम्रो देश लोकतान्त्रीक प्रकृयामा छ हामी लोकतन्त्रको अभ्यास गरि रहेछौ तर मलाई लाग्छ हामी अहिले प्रचारमा आए जस्तो सस्तो लोकतन्त्रको अभ्यास र प्रकृयामा छैनौ । जनताले भोट दिन मात्र पाउने भएकोले ब्यबस्था लोकतन्त्र हो भन्ने प्रचार गरिएको छ तर मैले बुझेको लोकतन्त्र निरपेक्ष मतदान मात्र गर्ने जनताको कामले मात्र लोकतन्त्र जनतन्त्रले पुर्णता पाउन सक्दैन त्यो एउटा बिधी र प्रकृया मात्र हो । मुख्य कुरा त लोकतन्त्र जनतन्त्रको सौन्दर्यताको हो जबसम्म सम्पुर्ण जनतले मानवता नैसर्गीक अधिकारहरु माथी पुर्ण अधिकार र नियन्त्रण प्राप्त गर्दैनन् जब सम्म सम्पुर्ण मानव जातीका अन्तराष्ट्रिय रुपमै लिपिबद्द अधिकारहरु माथी सामन अधिकार प्राप्त हुदैन तब सम्म लोकतन्त्र अाम जनताले महसुस नगरुन्जेल जलि फलाके पनि बास्तविक लोकतन्त्र हुन सक्दैन । यस्तै नैसर्गीक अधिकार /मानव अधिकारहरु मध्यको एक महत्व पुर्ण बिषय हो राष्ट्रियताको अधिकार अर्थात मातृत्वको अधिकार । कुनै पनि देशका नागरीकहरुलाई आफ्नो देश र आमा समान पृय हुन्छन् आफ्नो राष्ट्रियता प्राण ंभन्दा पनि प्यारो हुन्छ किनकी त्यो मानवीय सम्वेदनासंग भावनात्मक सम्वन्ध हुन्छ । आफ्नो देशलाई माया गर्ने आफ्नो देशको स्वाधिनताको रक्षा गर्ने सबै देशका सबै नागरीकहरुको नैसर्गीक अधिकार हो जुन बिना मानवले आफ्नो अस्तीत्व र जिवनको सार्थकता माथी नै आफै प्रति प्रस्न उठाएर ठुला ठुला संघर्षहरुमा मातृभुमीको रक्षार्थ हासी हासी प्राण उत्सर्ग गर्छ। यस्तो सिंगो मानव जातीको आ-आफ्नै भुमीसंग भएको भावनात्मक सम्बन्ध मानव अधिकार हो यदी कसैले यस्तो मानवको भावनामै प्रत्यक्ष असर पर्ने मातृत्वको अधिकार को अपमान गर्ने त्यस्तो कुनै सस्था ,ब्यक्ती वा देशको सरकार नै पनि लोकतान्त्रीक र मानवअधिकारवादी मान्न सकिदैन । लोकतन्त्र बिधी हैन ब्यबस्था हो ब्यबस्था राजनितीक सिद्दान्तमा आधारीत हुन्छ सिदान्त ब्यबहारमा प्रतिपादीत हुन्छ सबै देशका सबै मानव जातीका आधारभुत अधिकार र अस्तित्वको को सम्मान गर्ने ब्यबस्था र सिदान्त लोकतन्त्र हो । मैले यी माथी यती ठुलो भुमिका किन बानेको हुँ भने प्रसंग हाम्रै राष्ट्रिय स्वाधिनताको हो आज हाम्रो देशको नेपाल ईतिहासकै अत्यन्तै संकट पुर्ण अबस्थामा गुज्री रहेको छ हाम्रो राष्ट्रियता स्वाधिनता ईतिहासकै अत्यन्तै जटिल अबस्थामा छ । आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वाधिनता माथी आई परेको संटक ले आम देश भक्त नेपालीहरुमा बेचैन बनाई दिएको छ हाम्रो देश एक बिस्व कै एक स्वातन्त्र र स्वाधिन पुरानो राष्ट्र हो हामीले कहिलै भारत लगायत देशहरुल जस्तै कसैको अधिनमा बस्नु नपरेकोले कहिलै स्वतन्त्रताको लडाई लड्नु परेन तर पनि आफ्नो राष्ट्रिय अस्तित्व र सिमा रक्षाको लागी खुनी हिंस्रक साम्राज्यवाद संगको संघर्षमा ंभने पुर्खाले धेरै रगत बगाएका छन् र देशलाई स्वतन्त्र स्वाधिन नै राखेर स्वतन्त्रताको सान सहितको नासो हामीलाई छोडेका छन् जुन हाम्रो गौरब हो तर त्यो गौरवसंग सबै नेपालीको भावनात्मक सम्बन्ध छ तर आज त्यही हाम्रो गौरव र अस्तित्व संकटमा छ । जसकारण आज आम नेपालीहरु बेचैन छौँ हाम्रो राष्ट्रिय आत्मसम्मानमा आएको आँचले हाम्रो मानवताको अधिकार माथी आतंक फैलियको छ हामी आतंकीत छौ हाम्रो सालीनतामा भड्काव पैदा भएको छ । हामी मात्र हैन केही संदिग्धहरुको कारण कैयौ देशका नागरीकहरु बेचैन छन् आतंकित छन् । आर्थीक रुपमा प्राबिधीक रुपमा रुपमा कोही ब्यक्ती वा राष्ट्र सम्पन्न र बिपन्न हुन सक्छ तर जो जस्तो सुकै भए पनि सबैका आफ्नै अस्तित्व हुन्छन् मानव सभ्यताको एउटा महत्व पुर्ण सिदान्त स्वतन्त्र सह अस्तित्वको सम्मान हो । स्वतन्त्र सह अस्तित्व भएको सबै समान र सबैले सबैको बराबर अस्तित्वको सम्मान गर्ने कसैले कसै अर्को स्वतन्त्रको अस्तित्व अस्विकार गरेर कसै अर्को पक्षलाई अपमान जनक ब्यबहार हर्कत गर्छ भने त्यो सिदान्त: मानवता बिरोधी हो लोकतन्त्र बिरोधी हो अर्थात सालिन र सभ्य मानव समाज मा आतंक मच्चाउने शान्ती भंग गर्ने त्रसीत पार्ने आतंकवादी हो । अमेरीका र भारतीय लगायत देशका सासक प्रशासकहरु आफु र आफ्नो ब्यबस्थालाई सच्चा लोकतन्त्रीक र मानव अधिकारवादी भन्न रुचाउछन् तर उनिहरुका हर्कतहरु ती न्युनतम आधारभुत सिदान्त र सर्तहरुसंग पनि मेल खादैन । स्वतन्त्र सहअस्तित्वको सिदान्तकै आधारमै हरेक देशका बिचमा कुटनैतिक सम्बन्ध कायम रहेको हुन्छ र त्यसैको आधारमा देशहरु बिच कुटनैतिक मर्यादाहरु तय भएका हुन्छन् त्यसैको आधारमै हरेक देशमा दुतावासहरु सह मर्यादा मै रहन्छन् तर अहिले केही धनि र आम बिनासकारी हतियारले सम्पन्न देशहरुले आफु भन्दा कमजोर देशहरुमा आफुलाई स्वघोषीत कथित मानव अधिकार र लोकतन्त्रकै ठेकेदार सम्झेर कमजोरहरुको अस्तित्व र स्वतन्त्रता माथी धावा बोल्ने अपमान गर्ने र नियन्त्रण प्रयासले आज बिस्वका बिपन्न देशहरुमा राष्ट्रियतको अधिकार संकटमा परेको छ सम्पन्न देशहरुको आन्तरीक मामीलामा अनाबस्यक हस्तक्षेप र नियन्त्रण प्रयासले हरेक गरिव देशका नागरीक मा राष्ट्रियत स्वाधिनताको चिन्ताले पिरोली रहेछ । हरेक देशका समाजहरु शक्ती राष्ट्रको कुटील हस्तक्षेप र त्यस्को बिरुद्ध निस्कने स्वाभिमानको संघर्षले आतंकीत छन् । कैयौ देशमा कथित लोकतन्त्रीक ठेकेदार मानव अधिकारको ठेकेदार बताउने बिस्तारवाद र साम्राज्यवाद जो बास्तवमा आतंकवाद र अशान्तीको जननी हो । त्यसैको कारण अशान्ती र हिंसाहरु भैरहेका छन् यसवाट नेपाल पनि अछुत छैन । नेपाल पनि अहिले साम्राज्यवाद र बिस्तारवाद को कृणा स्थल भएको छ । कुनै पनि देशका नागरीकहरुमा आफ्नो देशको राजनितीक ब्यबस्था , राजनितीक सत्ता को निर्णय गर्ने र राजनितीक सिदान्त अनुरुपको राज्य ब्यबस्था निर्माण गर्न संघर्ष गर्न फरक मत राख्ने अंधिकार हुन्छ र आफ्नो राज्य ब्यबस्था बिरुध बिप्लव गर्न स्वतन्त्र हुन्छन् त्यसो गर्नु सम्बन्धीत देशका नागरीकको राष्ट्रिय आन्तरीक मामीलाहरु हुन् त्यसको अन्तिम निर्णय गर्न सम्बन्धित देशका नागरीक , सासक प्रसासक र दलहरु स्वतन्त्र हुन्छन् हुनु पर्छ सिदान्तत: जुन कुरालाई तिनै शक्ती सम्पन बिस्तारवाद साम्राज्यवादीहरु जो डेमेक्रेसीको हिमायती भन्न रुचाउछन् तिनेले निर्धारण गरेको आधारभुत मान्यता हो तर उनिहरु नै त्यो मान्यतावाट बिचलीत भएर हाम्रो देशको राष्ट्रिय स्वतन्त्रता जनअधिकार माथी चुनौती दिई रहेका छन् ।भारतीय सासकहरुले नेपाली सासकहरुलाई दिने अनाबस्यक निर्देशन सैलीको सुंझाव र आफ्नो अनुकुललाई सत्तामा पुर्याउन गर्ने चलखेल र हस्तक्षेप घुसपैठ गरेर हाम्रो लोकतन्त्र स्वतन्त्रता र मानव अधिकारको अपमान गरि रहेका छन् सिमानामा पिल्लरहरु सार्ने नदिहरुमा बाध बाधेर नेपाली भुमी डुवाएर हजीरौलाई बर्षेनी घरवार बिहीन बनाउने जस्ता हर्कत गरेर आतंक सृजना गरिरहेका छन् जुन मानवता बिरोधी अपराधीक कदम हो । अस्ती भर्खर नेपाल भ्रमण गर्न आएका अमेरीकी पुर्व राष्ट्रपति जिम्मी कार्टर जो आफुलाई मानव अधिकारको एक अभियन्ता पनि भन्ने गर्छन् तिनैले एक असम्बन्धित एक स्वतन्त्र देशको स्वतन्त्र राजनैतिक पार्टीका नेतृत्वलाई आफुले सोचे भने अनुसार गर्न र अन्यथा कार्वाही गर्ने जस्तो आतंकवादी सैलीको धम्की दिएछन् जुन एक स्वतन्त्र राष्ट्रका जनताको राजनितीक अधिकारको घोर अपमान हो जुन अपमान मानवता बिरोधी हो किनकी मैले माथी उल्लेख गरेको छु कुनै पनि स्वतन्त्र देशको आन्तरीक राजनितीक समस्या समाधान गर्ने के गर्ने के नगर्ने सम्बन्धीत देशका जनता , सरकार र राजनितीक दलहरुको मात्र सरोकार र चिन्ताको बिषय हो र कसैको अन्तरीक नितान्त आन्तरीक मामीलामा अनावस्यक दख्खल दिनु पनि अपराध हो कसैको नैसर्गीक सर्वमान्य स्वतन्त्रतामा हस्तक्षेप गर्नु नियन्त्रण गर्न खोज्नु मानवता बिरोधी अपाराध हो जुन भारत र अमेरीकीहरु हाम्रोमा गरि रहेछन् जुन कार्टरले गर्ने कुचस्टा गरे जुन अति निन्दनिय कुरा हो हाम्रो भावना र आत्मसम्मानको अधिकार माथीको बलाल्कार हो । हुनत आन्तरिक पक्ष नै प्रधान हुन्छ यस हिसावले हेर्दा हाम्रो देशको राष्ट्रियता हामी नेपालीको राजनितीक स्वतन्त्रता , राष्ट्रिय स्वाधिनता संकटमा पर्नु जावो कार्टर जस्तो सामान्य ब्यक्तीले अमर्यादित चुनौती दिने धम्की दिने अबस्थामा पुग्नुमा हाम्रा निरीह र अभिमानी सासक प्रसासकहरु नै मुख्य जिम्मेवार छन् जो सधै बिदेशीको गुलामी गरेर जनताका अधिकार हरण गर्ने जनतालाई दमन गरेर लुटी खान पल्केका छन् जो बिदेशी नांगो हस्तक्षेप बिरुद्व कुनै शब्द काड्ने समेत नैतिकता राख्दैनन् आबस्यकता ठान्दैनन् बरु उल्टै स्वागत गर्छन् । तिनै अभिमानी दलाल सासक प्रशासक दल र नेताहरु नै मुख्य दोषी हुन् जस्ले न सिमाना मिचीदा मुख फोर्न सक्छन् न अस्तीको कार्रटरले दिएको धम्की प्रति आपत्ती नै जनाउन सके न कुनै जरुरी महसुस नै गर्न सके तर पनि पुन: लोकतन्त्र र मानवताको आदर्श छाटेर हाम्रो स्वतन्त्र सह अस्तीत्वलाई अपमान गर्ने हाम्रो मानव अधिकारलाई अपमान गर्ने साम्राज्यवाद र बिस्तारवाद पनि अपराधीक नै हुन् जसबिरुद्ध हाम्रो राष्ट्रिय स्वाभिमानको लाडाई जारी छ ।।