मलेसियन बिमान अहिले सम्मको खोजि कार्यबाट कुनै ठुलो सफलता हासिल हुन नसके पछि अन्तमा गएर मलेसियन एरलाइन्सले कुनै संका बिना बिमान MH370 हराएको र बिमानको कुनै मानिस बच्न सफल नभएको कुरालाई स्वीकारेको छ ।
यो घोषना बिमानमा सवार रहेका मानिसहरुको परिवारलाइ पठाइएको लिखित सन्देश संगै आएको हो । साथ साथै मलेसियाका प्रधानमन्त्रि नाजिब रजकले पनि निकै गहिरो दुख तथा पश्चाताप संगै नया जानकारीका अनुसार MH370 इन्डियन सागरको दक्षिणमा गएर सकिएको बताएका छन् । प्रधानमन्त्रिको यस घोषणा संगै परिवारहरुमाझ रोदनको माहोल छाएको थियो |
मलेसियन एअर्लाइन्सले बिमानमा सवार रहेका साबि २३९ जना यात्रुहरुको परिवारलाइ संदेश पठाएको थियो । MH370 गत मार्च ८ तारिखको हराइरहेको छ । जसको खोजिलागि विभिन्न देशका कैयौ पानीजहाज तथा हवाई जहाजहरु लागि परेको थियो । यस बिमानको अन्तिम खोजि इन्डियन सागरमा गरिएको थियो । प्रधानमन्त्रि रजकले बिमान अन्तिम पटक हिन्द सागरको निकै बिकट स्थानमा प्रवेश गरिएको जानकारी प्राप्त भएको थियो ।
सागरको यस भागमा बिमान अवतरण सम्भब नभएकोले बिमानको यही स्थानमा दुर्घटना भै सकिएको भन्दै प्रम रजकले घोषणा गरेका थिए । यस संग संगै मलेसियन एर्लाइन्सले बिमानका यात्रुहरुको परिवारलाइ “Malaysia Airlines deeply regrets that we have to assume beyond any reasonable doubt that MH370 has been lost and that none of those on board survived… we must now accept all evidence suggests the plane went down in the Southern Indian Ocean ” भन्दै संदेश पठाएको थियो ।
No comments:
Post a Comment