Monday, March 24, 2014

त्रीभुवन बिमानस्थल डेढ घण्टा कर्मचारी बिहीन भिषा र चेकजाच बिनै छिरे यात्रु /फोटोफिचर

११ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले गैरजिम्मेवार बन्दै अध्यागमन डेस्क खाली गरेपछि यात्रु अध्यागमनको छाप नलगाई भित्रिएका छन्। गत शनिबार साँझ साढे चार बजेदेखि झन्डै डेढ घन्टासम्म आगमन डेस्कमा कर्मचारी थिएनन्। फोटोहरु हेर्न तल क्लिक गर्नुस् !! 
फोटोहरु- यहाँ 



आगमन डेस्क खाली भएका बेला इन्डियन एअर, चाइना इस्टन, जेट एअर, कतार एअर, स्पाइसजेडका अन्तर्राष्ट्रिय विमान अवतरण भएका थिए। ती विमानबाट आएका विदेशी ‘अनअराइभल’ भिसा लगाउन अध्यागमन कर्मचारी खोज्दै थिए। राहदानीमा आगमन छाप र अनअराइभल भिसा लगाउन लामबद्ध विदेशी नागरिक डेस्कमा कर्मचारी नभेटेपछि अर्को दिन आउने भन्दै बाहिरिएका थिए।
अन्तर्राष्ट्रिय विमान अवतरण गरिरहेका बेला अध्यागमन कर्मचारी जिम्मेवारी छाडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीबाट जोगिने तानाबाना बुन्न बैठक बसिरहेका थिए। अध्यागमनका १२ जना कर्मचारीलाई अनियमितताको आरोपमा अख्तियारले आइतबार बयान दिन बोलाएको थियो। विमानस्थलमा प्रस्थानतर्फ १७ र आगमनतर्फ १७ वटा डेस्क छन्। एउटा डेस्कमा दुईजनाका दरले ३४ जना कर्मचारी बस्ने व्यवस्था रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

No comments:

Post a Comment