Saturday, May 18, 2013

प्रचण्डको युज एण्ड थ्रो को सिद्धान्तमा अबका सिकार सागर !

काठमाडौं। छोटो समयमा नै प्रशस्त दाम र नाम कमाउन सफल भएका वाइसीएसल नेता अब आफ्नौ अध्यक्षविरुद्ध लड्ने भएका छन्। विभिन्न आरोप लगाउँदै प्रचण्डले उपत्यका संयोजकको जिम्मेवारीबाट मुक्त गरेपछि उनी प्रचण्डविरुद्धको लडाइँको तयारीमा लागेका हुन्। कुनै दिन प्रचण्डका बिश्वासपात्र मानिने सागर अहिले प्रचण्ड सबैभन्दा ठूला दुश्मन बन्न पुगेका छन्। वाईसीएलका अध्यक्ष गणेशमान पुनलाई समेत छाँयामा पार्ने चर्चा कमाएका सागरको प्रचण्डसँग पैसाकै कारण दुश्मनी सुरु भएको स्रोत बताउँछ। प्रचण्डको नामका पैसा उठाएर नदिएपछि विवाद भएको हो। विवाद बढ्दै जाँदा प्रचण्डले उनलाई आफ्नो निवासमा निषेध गरेका थिए।
हेटौंडा महाधिवेशनमा प्रचण्डविरुद्ध सबैभन्दा चर्को बोल्ने व्यक्ति पनि उनै सागर बन्न पुगेका थिए। त्यही रिसका कारण पनि प्रचण्डले उनलाई जिम्मवारी मुक्त गरेका हुन्। स्रोतका अनुसार सागरलाई यसरी हटाउनमा प्रचण्डका बिश्वासपात्र पहिला भक्तपुरका वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ को पनि महत्वपूर्ण भूमिका छ। दीपशीखा र सागरबीच लामो समयदेखि लडाइँ छ। दुवै जना प्रचण्ड निकट
हुँदा पनि उनीहरूबीच दुश्मनी थियो। पछि सागरका कतुर्तहरूबारे उनै दीपशिखाले प्रचण्डलाई कुरा राखेर आफू निकट भएका थिए।
प्रचण्डले साथ दिन छाडेपछि सागरले गत वर्ष बेरोजगार युवा संघ खोलेर त्यसको अध्यक्ष भएका थिए। पार्टीसँग कुनै सल्लाह नै नगरी त्यसरी संघ खोलिएको भन्दै हेटौंडा अधिवेनशनमा त्यसको चर्काे बिरोध भएको थियो।
अब जिम्मेवारीबाट समेत मुक्त गरिदिएपछि सागर पार्टी नै छाड्ने मनस्थितिमा पुगेको स्रोत बताउँछ। बेरोजगार युवा संघमार्फत नै पैसा उठाउने र नयाँ पार्टी खोल्ने उनको तयारी छ। सकेसम्म पार्टीका अन्य नेताको पछि लागेर पार्टीमा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा लागे पनि उनी त्यसमा सफल हुन सकेका छैनन्।
गुल्मीमा आफ्नो राजनीतिक गुरु गोकर्ण बिष्टलाई हराएर चर्चा कमाएका सागर रेखा थापासँग भाइटिका लगाएर पनि चर्चामा आइरहन्थे।  


No comments:

Post a Comment