नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त बन्न कसैले नरोक्ने बताएका छन्। उनले संवैधानिक परिषद्बाट सिफारिस भएपछि राष्ट्रपतिले पनि रोक्न नसक्ने बताए। हेटौंडा एफएमको आठौं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै नेता देउवाले परिषद्को नियुक्तिको सिफारिस राष्ट्रपतिले फेर्न नसक्ने बताएका हुन्।
उनले सबै राजनीतिक दलका नेताहरुकै सहमतिमा कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस भएकाले कुनै पक्षलाई दोष दिन नसकिने बताए। उनले कुनै एक पक्षलाई दोष दिनै नमिल्ने तर्क गरे। 'अरुलाई दोष दिएर उम्कन चाहन्नँ, सबै मिलेर सिफारिस गरिएको हो।'
देशभर विरोध आइरहेको सन्दर्भमा देउवाले भने, 'के गर्नु यस्तै भयो। सिफारिस भइहाल्यो। अब फेर्न सकिन्न।' नेपाली कांग्रेसमा सिफारिसको विरुद्ध उत्रन कार्यकर्ताबीच दबाब गरिरहँदा हेटौंडामा आइपुगेका देउवाले प्रक्रियासंगत अघि बढेकाले कार्कीको नियुक्ति हुने सङ्केत गरे। उनले सबै दलका नेताहरु सहमत भएर गरिएको निर्णय भन्दै बढी चर्चा गरेनन्। मन्तव्यका क्रममा चुनाव र प्रेस स्वतन्त्रतामा मात्र केन्द्रित भएपछि सञ्चारकर्मीले चिट दिएर लोकमानसिंह कार्कीको सिफारिसबारे धारणा माग गरेका थिए। कार्कीको नाम आएपछि अलि अल्मिलिएका देउवाले उनको नाम सिफारिसमा सबै नेताको सहभागिता भएको प्रष्ट पारे।
मुलुकमा संविधानसभाको चुनावको विकल्प नभएको बताउँदै जनताको अधिकार पुनर्स्थापना गर्नका लागि चुनाव हुने पर्ने बताए। आगामी मंसिरमा चुनाव हुने बताउँदै नेता देउवाले मुलुकको प्रजातन्त्रको दिगो बनाउन जनप्रतिनिधिमुलक र जनतामै सार्वभौमसत्तानिहीत प्रतिनिधिमुलक संस्था आवश्यक रहेकोमा जोड दिए। ‘जनताले चुनेको प्रतिनिधिको सभा चाहिन्छ। त्यो जनउत्तरदायी र सार्वभौमसत्ता सम्पन्न हुन्छ।’ उनले भने, 'त्यो संस्था पुनर्स्थापना नगरी शक्ति पृथकीकरणको सिद्धान्त मिल्दैन।' उनले जनताले कुन दललाई पुरस्कार गर्छन् वा सजय चुनावबाटै पत्ता लाग्ने भन्दै चुनावमा जानुपर्ने धारणा राखे।
एफएमको वार्षिकोत्सव कार्यक्रममा देउवाले प्रजातन्त्र रहे र संविधान भए मात्र प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताउँदै संविधान बनाउन संविधानसभाको चुनाव आवश्यक रहेको प्रष्ट पारे। उनले मिडियाले आफ्नो स्वतन्त्रताका लागि पनि मुलुकमा चुनाव गराउन लागिपर्न सुझाव दिए।
केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले वरिष्ठ नेता देउवालाई गृह जिल्लामा स्वागत गर्दै मकवानपुरको मुहार फेर्ने सुरुङमार्ग निर्माण राजनीतिक संयन्त्रमार्फत पहल गरिदिन आग्रह गरिन्। उनले हेटौंडा बजारमा राजमार्ग परेको भन्दै राज्यले २५ मिटर भत्काउन लागेको तर अनन्त्र जिल्लामा कम भत्काउने सहमति गरेको उदाहरण प्रस्तुत गरेर सहयोग गर्न उपाध्यायले अपिल गरेपछि नेता देउवाले राजमार्गको २५ मिटर क्षेत्र रहेको उल्लेख गर्दै विकल्प खोज्न प्रयास गर्ने बताएका थिए। उपाध्यायले सञ्चारले नै मुलुक परिवर्तन हुने भन्दै सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
एफएमका अध्यक्ष गणेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका अनन्त पौडेल, रामेश्वर राना, एमाओवादीको सोनामसिं स्याङ्तान, प्रल्हाद लामिछाने र नेपाली कांग्रसका रघुरमण न्यौपानेले सञ्चार र राजनीतिको सम्बन्धबारे प्रकाश पारेका र्थिए।

No comments:
Post a Comment