Monday, April 1, 2013

मुख्य दलहरुमा चुनाबी रौनक एमाओवादीको चुनाबी गित सार्वजनिक !

निर्वाचन गीत

हसिया र हथौडामा वाहिर गोलो घेरा
जनताको चुनाव चिन्ह राम्रोसšग हेर
झुक्किएर आफ्नो मत जाला अन्तै खेर
माओवादी चुनाव चिन्ह राम्रोसšग हेर
हसिया र हथौडामा वाहिर गोलो घेरा......

संघीयता समर्थक र विरोधीका माझ
जितहारको घमसान संघर्ष छ आज
त्यो संघर्ष निर्वाचनमा खुल्ला देखिने छ
जसले जित्छ संविधान उसकै लेखिने छ
हसिया र हथौडामा वाहिर गोलो घेरा......

किसान मजदुर मधेशी र महिला जुट्नु पर्छ
जनजाति दलित मुश्लिम सवै उठ्नु पर्छ
निर्वाचनमा जित्न नयाš बाटो खोज्नु पर्छ
जनताले माओवादी पार्टी रोज्नु पर्छ
हसिया र हथौडामा वाहिर गोलो घेरा......

डराउšदै छन् एकाथरी चुनावमा जान
खोजेका छन देशलाई अन्धकारमा लान
संघीयता पक्षधर एकजुट वन्नु पर्छ
जनताका वैरीहरुको चिहान खन्नु पर्छ
हसिया र हथौडामा वाहिर गोलो घेरा.......


२०६९ चैत्र १९ गते,काठमाण्डौ







1 comment:

  1. यो माओवादी भन्ने समुह लाई भोट मागेर देश र जनताको नै इज्जत माथी खेलवाड गर्ने काम नगर मित्र ! सबै भन्दा ठुलो पार्टी बनाएर पठाएका थिए त जनताले अन्तिममा त्यही जनताको चाहना र भावाना विपरित सम्बिधान सभालाई खाइहालेउ ।अझै के को फुरुक फुरुक हो ? अब को चुनावमा माओवादिको हार र पतन दुबै सुनिस्चित छ । जातिवाद र क्षे तृयवाद को शिकार बनाउने माओवादिलाई के को आधारमा भोट ? ? ? ?

    ReplyDelete