Thursday, April 4, 2013

नियम कानुन र लोकतन्त्र हो/ राष्ट्रिय लुटतन्त्र ? लुटेराहरु चिनौ !!

२३ चैत, काठमाण्डौं । घाटामा सञ्चालित सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डीडीसी)ले बाषिर्क करिब पाँच करोड रुपैयाँको दूध र घ्यू सितैंमा बाँड्ने गरेको छ । संस्थानबाट सित्तैंमा दूध, घ्यू पाउनेमा राजनीतिक दलका नेता, उच्च पदस्थ बहादबाला र पूर्व सरकारी कर्मचारी तथा संस्थानका कर्मचारी छन् । संस्थानले हरेक दिन उनीहरुका घरघरमा दुग्ध उत्पादन पुर्याउने गरेको छ ।

संस्थानले आर्थिक बर्ष २०६८/६९ मा करिब १७ करोड रुपैयाँ घाटा बेहोरेको थियो । संस्थानले बसौंदेखि सित्तैमा आफ्ना उत्पादन नेतादेखि प्रशासकसम्मलाई दिँदै आएको हो । संस्थानका अध्यक्ष र महाप्रवन्धकसम्मलाई आफ्नो पद जोगाउन र अनियमितता ढाकछोप गर्न सित्तैंमा दुग्ध उत्पादनले ‘सेवा’ गर्ने गरेका छन् ।
हृाल महाप्रवन्धक सियारामप्रसाद सिंह र संस्थान सञ्चालक समितिका अध्यक्ष शशिकपुर मियाँको मिलोमतोमा बहालवाल तथा पूर्वसरकारी कर्मचारी र आफ्ना निकटका नेताहरुको घरदैलोमा दूध, घ्यू, बटर, चिज, लालमोहन, पेडा, पनीर, आइसक्रिम र दही सित्तैमा पुर्याउने गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
नेता तथा कर्मचारीको घरमा सित्तैंमा दुग्ध उत्पादन पुर्याउन संस्थानको बा १ ञ १११७ र बा १ ञ १८८२ नम्बरका गाडी प्रयोग गरिएको छ ।






No comments:

Post a Comment