राष्ट्र प्रेमी प्रदेशी
प्रदेशी हुनु नेपालीको रहर हैन बाध्यता हो
Tuesday, April 8, 2014
कसरी झापड खाएका थिए केजरीवालले ? भिडीयो सहित
Tuesday, March 25, 2014
हराएको जाहाजका यात्रुहरुका आफन्त यसरी भक्कानिएर रोए !!
Monday, March 24, 2014
त्रीभुवन बिमानस्थल डेढ घण्टा कर्मचारी बिहीन भिषा र चेकजाच बिनै छिरे यात्रु /फोटोफिचर
फोटोहरु- यहाँ
हराईरहेको बिमान दुर्घटना ग्रस्त भएको घोषणा!! फोटो फिचर
मलेसियन बिमान अहिले सम्मको खोजि कार्यबाट कुनै ठुलो सफलता हासिल हुन नसके पछि अन्तमा गएर मलेसियन एरलाइन्सले कुनै संका बिना बिमान MH370 हराएको र बिमानको कुनै मानिस बच्न सफल नभएको कुरालाई स्वीकारेको छ ।Sunday, March 23, 2014
Monday, February 3, 2014
Thursday, June 20, 2013
हुने खानेका छोरा छोरी पढ्ने निजी कलेजका लागी राष्ट्रपती नै हिड्छन् बिज्ञापनमा !!
नेपाल सरकारले उच्च माध्यमिक तहको शिक्षालाई व्यवस्थित र मर्यादित बनाउन जारी गरेको निर्देशन उपत्यकाका दर्जनौं कलेजले अवज्ञा गरेका छन् । सरकारलाई ठाडै चुनौती दिई ती कलेजहरूले राष्ट्रप्रमुखलाई समेत आङ्खनो मागिखाने भाँडो बनाएका हुन् ।
राष्ट्रपति यादव र उपराष्ट्रपति झालाई विभिन्न पत्रिका र टेलिभिजनमा विद्यार्थीलाई पुरस्कार दिएको समारोहको तस्बिर राखिएको छ । २०६८ सालमा निरूपमा घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट ब्याचलर अफ सोसल वर्कमा सर्वोत्कृष्ट भएको उल्लेख गरिएको छ ।
नेपाल सरकार मन्त्रीस्तरीय निर्णयबाट २८ असोज २०६९ मा भएको निर्णयबाट उच्च माध्यमिक तहका लागि आचारसंहिता जारी गर्ने निर्णय गरेको थियो । सो निर्देशिकामा कुनै पनि विद्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका सचिव, उच्चपदस्थ व्यक्तिहरू, भूतपूर्व राजदूत तथा भूतपूर्व उच्चपदस्थ व्यक्तिको नाम वा फोटो राखेर विज्ञापन गर्न, गराउन नपाउने व्यवस्था छ । तर, केएन्डके कलेजले सो निर्देशनलाई ठाडै उल्लंघन गरेको छ ।
सरकारी निर्देशनको अवज्ञा गर्दै विज्ञापनमा उच्च व्यक्तिहरूको नाम दुरुपयोग गरेमा पहिलो पटक ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र चेतावनी दिने निर्देशिकामा उल्लेख छ । उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव नारायण कोइरालाले सरकारी निर्देशिका अवज्ञा गर्ने उच्च माविहरूलाई कारबाही गर्ने बताए ।
निर्देशिकाविपरीत विज्ञापन गर्ने र सार्वजनिक स्थानमा विज्ञापन गर्ने कलेजको तत्काल अनुगमन प्रक्रिया अगाडि बढाउँछौं,’ अनुगमन समितिका संयोजकसमेत रहेका कोइरालाले राजधानीसँग भने । उपत्यकाको वसुन्धरामा रहेको तक्षशिला कलेजले महाराजगन्ज चोकमा होर्डिङ बोर्ड राखेर विज्ञापन गरेको छ ।
सो विज्ञापनमा पूर्वराजदूत डा।जयराज आचार्यको तस्बिर राखेको छ । कलेजले सार्वजनिक स्थानमा भर्ना खुलाको ब्यानर टाँस गरेको छ । वसुन्धराकै अन्य केही कलेजले पनि बिजुलीका पोलमा भर्ना खुलाको ब्यानर टाँस गरेका छन् ।



