प्रहरीको राक्षसी सैलीको कुटाइबाट आधा दर्जन कमलरी घाइते भएका छन्। तीन जनाको अवस्था भने गम्भीर रहेको संयोजक फकला थारुले बताए। उनीहरुको अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ।
गम्भीर घाइते हुनेमा दाङकी उर्मिला चौधरी, कैलालीका कमला चौधरी र सुजता चौधरी छन्। उनीहरु अझै बेहोस रहेको संयोजक थारुले बताए। बाँकी कमलरीलाई जल्लादहरुले हिरासतमा लिएको छ।
पुरुष प्रहरी नामक पागल जल्लाद कमलरीमाथि लाठी बर्षाउँदा स्थानीयसमेत आक्रोशित बनेका थिए। उनीहरुले 'महिला प्रहरी खोइ?, माहिलामाथि तिमीहरुले हातपात गर्ने हो?' भन्दै प्रश्न गरेका थिए।
मुक्ति घोषणा र हक अधिकार सुनिश्चित गर्न माग गर्दै पश्चिम जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ६० जना कमलरी राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। पाँचदिन अघि राजधानी छिरेका उनीहरुले शान्तिवाटिकामा धर्ना दिइरहेका छन्।
राज्यले आफूहरुलाई बेवास्ता गरेकै कारण सिंहदरवार घेर्नुपरेको संयोजक थारुले बताए।

No comments:
Post a Comment