Saturday, April 6, 2013

न्यायधिसको सरकारद्वारा ठाँउ ठाउमा पुलीस दमन !!

चारदलिय असंबैधानीक सिणडीकेट र त्यसैको आडमा राष्ट्रपतीको साहारा र बिदेशीहरुको दबाबमा गरीएको संबिधान माथीको बलात्कार , प्रधानन्यायाधीस लगाएत गैर राजनितीक भनिएका ब्यक्तीहरुको संलग्नतामा कर्मचारी बनाईएको सरकारको को बिरुद्द प्रमुख प्रतिपक्षी नेकपा- माओवादी लगाएत ३३ दलहरुको बिरोध कार्यक्रम अन्तर्गत आज चैत्र २५ गते नेपाल बन्द आयोजना गरीएको छ । त्यसै बन्दको कार्यक्रम

सडकमा निस्कीयका राजनितीक कार्यकर्ताहरुलाई न्यायधिसको सरकारले बन्दुक बुट लाठीको साहारामा देशै भरि ब्यापक धरपकड र दमन गरेको कैयौलाई गिरफ़्तार गरेएको कैयौ घाईते भएको समाचारहरु आई रहेका छन् बन्द आफैमा राम्रो कुरा हैन तर बोल्न पाईने बिरोध गर्न नपाईने र सुनुवाई कहिलै नहुने नेपाली लोकतन्त्रमा बन्द दबाबको अन्तिम अस्त्र बन्न पुगेको छ नेपालमा हुन त चार दलिय सिणडीकेटको मात्र निर्णय हामी मान्दैनौ हामीलाई पनि निर्णयमा सहभागी बनाउ भनेर माओवादीले पहिलै देखी ४ दलहरु र राष्ट्रपतीलाई दबाब दिएकै थियो तर बिदेशीहरुको निर्देशन बिषेश भारतको आदेशमा राष्ट्रिय स्वाधिनता र जनयुद्दको मुलधार नेकपा माओवादीलाई पेलेरै जाने निचोडमा पुगेका ४ दल र राष्ट्रपती यादव अन्ततः आम बिरोधका बाजुत पनि आफ्नो अभिस्ट र उताको आदेश पुरा गरेरै छाडे त्यसै राष्ट्रघाती , जनघाती असंबैधानीक बाधा अड्काउ फुकाउ नामको २५ बुदै संबिधान संसोधन र ११ बुँदे सौदावाजी को गर्भवाट यो रेग्मी सरकार को जन्म भए सगै बिरोधीहरुलाई बन्दुक र बुटको बलमा दमन गर्ने अनाबस्यक ठाउमा पनि पुलीस दमन गरेर झन् झन् बिरोधीलाई भड्काउने काम गरी रहेको छ दमनले आक्रोस र आक्रोसले हिंसा भड्काउछ भन्ने सामान्य ज्ञान समेत नभएका मुर्खहरुले फेरी हर्दै दर्दनाक लाग्ने घृणा लाग्ने पुलीसको राक्षसी दमन गराएर बिरोधीमा आक्रोस पैदा गर्ने र अशान्तीको जग बसाउने काम गर्दैछन् जसले जे जे तर्क गरे पनि बास्तवमा राज्य सत्ता बाहेक सबै भ्रम हो राज्यमा हुने सबै राम्रा नराम्रा कामको जिम्वेवार राज्य सत्ता र सासक प्रशासकहरु मात्र हुन् अन्य सबै कुरा भ्रम मात्र हो त्यसैले नेपालमा भएका हेरक राम्रा नराम्रा हिंसा अपराध र अशान्तीको जिम्वेवार पनि राज्य नै हो उनिहरुको मुर्खता पुर्ण दमन आतंक र बैधानिकीकरणले नै देशमा अशान्ती अमन चैनको सधै भंग गरिरहेको हुन्छ बिरोध अपराध हैन अधिकार हो लोकतन्त्रको सौन्दर्यता पनि हो !!

No comments:

Post a Comment