१२ वैशाख,काठमाडौ। आगामी निर्वाचनमा एकीकृत नेकपा माओवादीले दुइ तिहाइ बहुमत ल्याउने ‘खतरा’ रहेको निश्कर्ष सहित नेपाल स्थित अमेरिकी जासुसी संस्थाले मंसीरको निर्वाचन सार्नुपर्ने प्रस्ताव अमेरिकी सरकारलाइ गरेको थाहा भएको छ ।अमेरिकी जासुसी संस्था (सीआइए)का नेपाल स्थित एक उच्च अधिकारीले नेपालमा माओवादीको नेतृत्वमा कम्युनिष्टले भारी बहुमत ल्याइ सत्ताविप्लव गर्ने संभावना भएकोले तत्कालै निर्वाचन गर्न नहुने सुझाव आफ्नो सरकारलाइ दिएको उच्च स्रोतले बताएको छ ।
संविधानसभा बिरुद्ध षडयन्त्र बुन्ने गरिएको दरवारमार्ग स्थित एक पाँचचारे होटलमा नेपाल स्थित सीआइएका उच्च अधिकारीले केही नेपाली एजेण्ट र भारतीय जासुसी संस्थाका व्यक्तीसंगको रात्रीभोजमा यस्तो सन्सनीपूर्ण कुरा सार्वजानिक गरेका हुन ।
‘नेपालमा माओवादीले दुइतिहाइ वा स्पष्ट बहुमत ल्याउने संभावना छ, माओवादीले दुइतिहाइ बहुमल ल्यायो भने एसियामा आर्को ह्युगो चाभेज जन्मिने खतरा छ, अमेरिकी जासुसी संस्थाको रिर्पोटमा भनिएको छ ।’
ग्रामीण क्षेत्रमा माओवादीप्रति जनलहर उर्लिरहेको तथा शहरी मध्यम बर्ग समेत माओवादीप्रति आकर्षीत भइरहेको अबस्थामा माओवादीले चुनाव जिते वैधानिक ढंगले सत्ताकव्जा हुने अमेरिकी गुप्तचर संस्थाको विश्लेषण छ ।
‘माओवादी अध्यक्ष प्रचण्डका अगाडी कांग्रेस एमालेका नेताहरु गरुणको छायाँ परेको साँप झै भएका छन, त्यो अमेरिकी प्रतिवेदनमा लेखिएको छ–जादुगर नेता प्रचण्डका अगाडी प्रजातान्त्रिक पार्टीका नेता भुत्ते देखिएका छन ।’
सीआइएका नेपाल एजेण्ट, माओवादीप्रति कठोर नीति अख्तियार गर्नुपर्ने मान्यता राख्ने सेनाका एक उच्च अधिकारी समेत सो रात्री भोजमा सहभागि भएका थिए । ‘चीनको नाकै मुनी र्को कट्टर कम्युनिष्ट राज्य स्थापना हुनु आफूहरुको रणनीतिक स्वार्थ विपरित हुने अमेरिकी जासुसले बताएका थिए, अति गोप्य स्रोतले भन्यो ।
माओवादी अलि मत्थर भएपछि चैत्र वैशाखमा निर्वाचन गर्नु उपयुक्त हुने अमेरिकी दृष्टिकोण छ । भारतीय जासुसी संस्था ‘रअ’का प्रतिनिधिले पनि आगामी निर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउन नहुने बताएका थिए ।
‘माओवादीले एकलौटी सरकार बनाउने अबस्था आयोभने उनिहरु हाम्रो स्वार्थ विपरित जाने खतरा छ, चेक एण्ड व्यालेन्समा राख्न मधेशवादी पार्टीहरुको मोर्चा बनाए चुनाव गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, भारतीय प्रतिनिधिले भनेका थिए ।’
नेपाल रणनीतिमा अमेरिकाले भारतीय चस्मा प्रयोग गर्ने भएकोले मंसीरमा निर्वाचन हुने नहुने भन्ने बिषय भारतीय नीतिमा तय गर्ने कुटनीतिक स्रोतहरु बताउछ । यद्यपी राष्टिय अन्तराष्टिय कारणले मंसीरमा निर्वाचनमा संभावना टर्दै गएको अनुमान गर्न लागिएको छ ।

No comments:
Post a Comment