Monday, April 29, 2013

हात समेतेकै अबस्थामा भेटीयो रोमीयो र जुलीएटको कंकाल !

हात समातिरहेको अवस्थामा भेटियो 'रोमियो-जुलियट'को कंकाल.



१६ बैशाख, एजेन्सी । हामी प्रेमी र प्रेमीका विषयमा उदाहरण दिनु पर्यो भने प्राय हाम्रो मुखमा पहिले रोमियो र जुलियटको नाम पहिले आउने गर्छ । हामीले उनीहरूको उदाहरण मार्फत प्रेमलाई परिभाषित गरेका प्रसस्त प्रसंगहरू भेटका छौ ।
तर, यहाँ रोमियो जुलियटको भन्दा पनि प्रशंसायोग्य प्रेमकथा जुन मरेको सयौ वर्षपछी कंकालबाट भेटिएको छ । रोमानीयामा अन्वेषकहरूले यस्तो कंकाल भेटेका छन्, जसमा एक जोडीले एक-अर्काको हात समातिरहेका छन् । अर्थात् ती जोडीले आफ्नो हात मर्ने बेलामा पनि छोडेका थिएनन् । सयौ वर्ष पुरानो दरबार उत्खनन गर्ने क्रममा यस्तो कंकाल भेटिएको अन्वेषक एड्रियन रसुले बताएका छन् ।
उनीहरूले यो कंकालका प्रेम जोडीलाई 'बोनियो एण्ड जुलियट'को संज्ञा दिएका छन् । उनीहरूको कंकाल हात समातिरहेको अवस्थामा भेटिएको र यसरी हात समातेर साथमा मरेको घटना अहिलेसम्म कहीँ पनि नभेटिएको अन्वेषकहरूले बताएका छन् ।
यो जोडी को हो भन्ने विषय अनुसन्धानको विषय बनेको छ । केही अनुसन्धानकर्ताहरू त्यसबेलाका घराना परिवारको हुन सक्ने बताइएको छ ।
यी जोडीको कंकाल कसरी भेटियो ? र यसलाई यसरी गाडियो या उनीहरुको हत्या गरिएको थियो र पछी आफै पुरिएको थियो भन्ने विषयमा भने अनुसन्धानकर्ताहरु समेत अन्यौलमा छन् । अनुसन्धानकर्ताहरूका अनुसार त्यो कंकाल सन् १४५० देखी १५५० को बीचको रहेको हुन सक्ने बताइएको छ ।

No comments:

Post a Comment