आजै मात्रै साता ब्यापी भ्रमणको क्रममा भारत प्रस्थान गरेका प्रचण्डले भारतको इन्दिरा गान्धी एयरपोटमा कालो झण्डाको
सामना गर्नु परेको छ भारतीय समय अनुसार बेलुकाको समय ६:३० बजे बिमान स्थलमा ओर्लेका प्रचण्डले गाडीमा चढ्न नपाउदै कालो झण्डाको अनुहार हेर्नु परेको हो एमाओबादी अध्यक्ष प्रचण्ड लाई प्रबासी नेपालीहरुको संगठन अखिल भारत नेपाली एकता मन्च केन्द्रीय उपाध्यक्ष मोति गौतमको नेतृत्वमा अखिल भारत नेपाली एकता मन्च र नेपाली प्रगतिशील विद्यार्थी मन्च, भारतका कर्याकर्ताले कालो झण्डा देखायका हुन करिब साठी जनाको समुहमा आयका कार्यकर्ताले कालो झण्डा देखाय पछी प्रचण्ड त्यहा बाट जबर्जस्त बाहिर निस्किने क्रममा उनी चढेको गाडीले प्रदशनकारीहरु लाई ठक्कर दिदा दुई जना घाइते भयका छन घाइते हुनेहरुमा बिष्णु केसी र हिरालाल बिक रहेका छन | यसरी भारतको भ्रमणमा गयका प्रचण्डले पहिलो दिन बाटै बिरोध खेप्नु परेको छ उनका भोलिका बाँकी दिनहरु कसरी जान्छन त्यो भने हेर्न बाँकी छ |

No comments:
Post a Comment