Tuesday, April 2, 2013

बैधानिक लुटको राज्य र अलपत्र मुस्ताङ म्याक्स !

प्रधान मन्त्री निर्वाचनीत भए तगत्तै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने भावनाका साथ डा . बाबुराम भट्टराईले चढ्ने गरेको नेपालमै फिटिङ गरिएको मुस्ताङ म्याक्स भट्टराईको बहिर्गमन ंसगै सिंहदरवारमा अलपत्र परेको छ ।
भट्टराई जुन सुकै पार्टी र बिचारका ब्यक्ती भए पनि र जुन सुकै उदेस्यले त्यो गाड़ी प्रयोग गर्ने निधो गरेरका भए पनि एक पटक नेपाली संकृण रुढीवादी राजनितीक चिन्तन बिस्लेसण र प्रचारको बिशेषता भन्दा बाहिर निस्कन खोज्ने र सक्ने हो र आफै प्रति ईमान्दार भए भन्ने हो भने भट्टराईको त्यो मुस्ताङ म्याक्स चढ्ने निर्णय अत्यन्तै सकारात्मक निर्णय थियो तर राम्रोलाई राम्रो भनेर निसंकोच भन्न नसक्ने फोहरी संकृण राजनितीक चेतना पक्ष पोषण गर्ने बितण्डावादी मनोबृत्ती का कारण सधै बिरोधीलाई नकारात्मक मात्र देख्ने मनोरोग भने नेपाली समाजमा निन्दनिय समस्या नै हो त्यो सोचवाट बाहिर निस्केर बोल्नु पर्दा भट्टराईको मुस्ताङ म्याक्स चढ्ने निर्णय उनि पछीका हरुको लागी पनि राम्रो प्रेरणात्मक काम थियो ।
तर हामी नेपालीहरुले बिडम्बना नै मान्नु पर्छ थुप्रै बिबाद ,असंबैधानीक र गैरकानुनी तरीकावाट बाहालवाल प्रधान न्यायाधिस बाट क़रारमा प्रधान मन्त्री बन्न पुगेका खिलराज रेग्मीले भट्टराईले प्रयोग गरेको मुस्ताङ नचढ्ने निर्णय गरेछन् र अहिले डेढ़ करोडको जापानीज गाडी चढेका छन् उनको ल्याण्डक्रुजर सवार पछी मुस्ताङ म्याक्स अलपत्र परेको छ प्रधान मन्त्री चढेको गाडी सामान्य ब्यक्तीलाई चढ्न पनि दिन नसकिने गृह मन्त्रालयका कर्मचारीको स्पस्टोक्तीले सहजै अनुमान गर्न सकिन्छ की त्यो गाडीलाई केही समय अलपत्र राखेर थोत्रो बनाएर बेवारीसे बनाएर कवाडीमा फालीने निस्चित छ किनकी नेपालको राज्य ढुकुटीका चौकिदारी गर्ने हालीमुहाली गर्ने सासकहरुलाई आफ्नो सुबिधाहरुको लागी ब्यापक बैधानीक दुरुपयोग गर्ने बाहेक अर्को कुनै लक्ष्य छैन जस्तो लाग्छ ! जनताको श्रम र पसिनाव संकलीत ढुकुटीमा बन्दुकको बलमा लुट मच्चाउने दुरुपयोग गर्ने र लुटको राज्यलाई जनताको औठा छाप लिएर जनतालाई मुर्दा साक्षी राखेर सत्तासीन हुने र करोडौको गाड़ी ठुला ठुला महलमा बसेर बन्दुकको साहारामै जनता माथी साम दाम दण्ड भेद र हत्याको माध्यम वाट सत्तालाई लुटको राज्यको रुपमा प्रयोग गर्ने भष्टहरुको अखडाको रुपमा परिणत गरेका छ्न् नभए भट्टराईले १८ महिना त्यसै मुस्ताङ चढेर पनि त त्यस्तै सत्ता चलाएका थिए , करोडौ पर्ने हजारौ गाडीहरु नकिनेर त्यो पैसा बिकास निर्माणमा लगाएर मुस्ताङवाटै पनि त काम चलाउन सकिदो रहेछ तै पनि लुटको राज्यमा राज गर्ने बैधानिक लुटेराहरु त्यो आबस्यकता आफ्नो मात्र हेर्ने देशको आबस्यकता जनताको भावनालाई सिधै किनारा लगाएर आफ्नो स्वार्थ पुर्ती गर्न तल्लीन छन् हाम्रो एक गरीव राष्ट्रमा करोडौका गाडी र सुबिधाहरु बाडेर लिएर ढुकुटीमा रजाई गरिरहेछ्न् कसैले पनि सासनलाई जनता र देश प्रतिको जिम्वेवारी भन्दा पनि भाग्य र राष्ट्रले दिएको लुटने बम्पर अवसर वाहेक केही सोचेनन् त्यसै यात्रमा रेग्मी पनि करोडौको ल्याण्डक्रुजरमा सवार छन् जुन एक सबैले देख्ने उदाहरण मात्र हो जनताका सम्पत्ती राष्ट्रिय उतपादन मुस्ताङ म्याक्सहरु सासकहरुबाटै अपमानित भै रद्दिको टोकरीमा फेकीएका छन् र यस्तो लुटको राज्य फेर्नु पर्छ निर्मम आमुल परिबर्तन गर्नु पर्छ भनेर लुटको साम्राज्यको बिरोध गर्ने नागरीकहरुलाई कानुन बिरोधी को आरोपमा अबान्छीत कार्यगरेको आरोपमा झुट्टा मुद्दा लागाउछ राज्य , दमन गर्छ जनता पनि अरबौको लुट भैरहेकोलाई बैधानीकताको नाममा भुलेर अधिकारको लडाई लड्नेहरुले त्यही लुटको राज्यका बिरुद्द मुद्दा लगाईन्छ कानुनको दायराको हवाला दिईन्छ नांगो ब्रमलुट भने सधै बैधानीक र कानुनी भै रहन्छ जनता तमासे बन्नु अनुसासीत र ज्ञानी जनताको परिचय हुन जान्छ बिरोधीहरु अराजक र अबञ्छीत !!









No comments:

Post a Comment