दलिय ब्यबस्थामा केन्द्र देखी बडा सम्मका सबै राज्य संयन्त्र कर्मचारीतन्त्रलाई सुम्पेर सुरु भएको अझ कथित लोकतन्त्रकै कुरा गरेर जनतालाई बुर्बक बनाउदै सासन सत्तावाट हात धोएर बसेका प्रमुख संसदिय ३ दलका नेताहरु एकाएक पागल जस्तै बर्बराउन लागेका छन् !
एकत निर्वाचन हुने नहुने टुंगो नभई सकेको अबस्था त अर्को चुनाव भए पनि स्वतन्त्र र स्वच्छ हुनु पर्ने मान्यतालाई कुल्चेर एका एक आफ्नो पार्टी एक नम्बरको बन्ने भन्दै घोषणा गर्दै र हाम्रो पार्टीलाई बहुमत नदिए संबिधान बन्दैन भन्दै जनतालाई खुल्ला धम्की दिदै हुड्नुले उनिहरुको दिमागी सन्तुलन खुस्कीएको पागल पनको संकेत त गरेकै थियो तर अहिले एक अर्का प्रति झन पछी झन आक्रामक बन्दैगएका दलका नेताहरु को मानसिक सन्तुलन अझ बिग्रदो छ सधै अर्काको बिरोध मात्र गरेर एकले अर्कालाई आरोप मात्र लगाएर अन्धा दास कार्यकर्ताररुलाई उत्तेजीत पारेर लुटी खान पल्केका नेताहरु अहिले घृणीत पागल सैलिको गाली गलौजमा उत्रिएका छन् अस्ती नेकपा एमालेका नेता तथा देशकै एक बरिष्ट हास्यकलाकार के पी ओलीले आफ्नो र अफनो पार्टीको नैतिकधरातललाई पुरै बिर्सिएर माओवादी बिचारहिन गुण्डाहरुको समुह भनेर आफ्ना अन्धा कार्यकर्तालाई बुर्बक बनाए जब कि अहिले संसदिय राजनीती एमाओवादीले खनेको बाटोमा छ तर पनि यो कुरालाई बिर्सेर आफ्नो असन्तुलीत मनस्थीती प्रदर्शन गरे , त्यस लगत्तै एमाओवादी अध्यक्ष प्रचण्डले यो देशमा एमाले छैन भनेर लाजै नमानी बोलेर अर्काको अस्तित्व माथी धावा बोलेर आफ्नो मानसीक असन्तुलन देखाए त्यस लगत्तै एमालेकी नेतृ तथा स्वर्गीय नेता मदन भण्डारीकी पत्नी बिद्या भन्डारीले प्रचण्डलाई बौलाहा कुकुरले टोकेको भन्ने जस्तौ गैर राजनीतिक आरोप लगाएर आफु बौलाएर आफ्नो मानसिक सन्तुलन ठिक नभएको सबै सामु देखाईन् त्यस लगत्तै एमालेका अर्का नेता माधव कुमार नेपालले प्रचण्डलाई राँचीको अस्पतालमा भर्ना गर्नु पर्छ भन्ने जस्तो ग़ैरराजनीतिक शब्द प्रयोग गरेर आफैले आफ्नो पागलपनको प्रदर्शन गरे सुन्दा यस्तो लाग्छ कि एक पागलले अर्कों पागललाई पागल भने जस्तो यसरी सासन सत्ता गुमाएर चुनावी प्रक्रियावाट जनतालाई झुक्काएर धम्काएर सक्ती हात पार्ने स्वार्थका कारण सबै उस्ता उस्तै दुरुस्तै भए पनि जनतालाई मुर्ख बनाउन आरोप प्रत्यारोप र प्रोपगण्डा मार्फत एकले अर्कालाई खुईल्याउन उद्दत राजनितीक नेताहरु एका एक तल्लो स्तरको गाली गलौजमा उत्रीएका छन् । चुनावको टुंगोनै नलागी आफ्नो पार्टीलाई एक नम्बरको घोषणा गर्दै हिडेको देख्दा लाग्छ ३ मुख्य पार्टीका नेताहरुले मानसिक सन्तुलन गुमाई सकेका छन् !!

No comments:
Post a Comment